. कक्षा १२ को परिक्षा संचालनका लागि विभिन्न विकल्प मन्त्रीपरिषदमा सिफारिस::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १४ गते , बुधबार

कक्षा १२ को परिक्षा संचालनका लागि विभिन्न विकल्प मन्त्रीपरिषदमा सिफारिस


कोरोना भाइरसको कारण स्थगित भएको कक्षा १२ को परीक्षा संचालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि त्यसको निर्णय ढिलाइ भएको छ । राष्टिय परीक्षा बोर्ड्ले परीक्षा लिन सक्ने स्थिती नभएमा कुल १०० पुर्णाङ्क मध्य ४० नम्बर को अनलाइन परीक्षा २० नम्बरको प्रयोगात्मक परीक्षा र कक्षा ११ को कुल प्राप्तङ्कलाइ बाकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मुल्यांकन र कक्षा ११ को प्राप्तङ्कलाइ ५०/५० प्रतिशत मानी प्रमाणिकरण गर्ने विकल्प सहित अगाडिनै सुझाब दिइएको थियो ।
उक्त सुझाब शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालय मार्फत मन्त्री परिषद् मा पुगेको भए पनि हाल सम्म कुनै निर्णय हुन नसक्दा बिध्यार्थी,अबिभाबक अन्योलमा परेका छन । तत्काल निर्णय नभएमा दसौं अघि उक्त परिक्षा नहुने सम्भावना कम हुने र दसौं पछि हिमाली जिल्लामा परीक्षा गराउन धेरै कठिन हुने छ । यो परिस्थितिमा आन्तरिक मुल्यांकन र कक्षा ११ को ५०/५० प्रतिशत मानेर प्रमाणिकरण गराउने बिकल्प बलियो हुन सक्ने बताएको छ । ४० नम्बरका लागि अनलाइन परीक्षा गराउदा खुल्ला पुस्तक परीक्षा हुने भएकाले यसको बिश्वसनियता र सबै स्थानमा अनलाइनको पहुच न पुग्ने भएकाले यश माथी प्रश्न उठन थालेको छ ।
शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले कक्षा १२ को परिक्षा बोर्ड परीक्षा भएको र यस्को आन्तरिक समकक्षता समेत हुनु पर्ने भएकाले कुनै न कुनै रुपमा परीक्षा गराउने पक्षमा आफू रहेको बताएका थिए ।
अनलाइन परिक्षा भएमा परिक्षाका लागि समय कति परिक्षा केन्द्र कहाँ राख्ने ,कसरी बिध्यार्थिमा पुर्याउने ,उत्तर पुस्तिका कसरी र कहाँ संकलन गर्ने जस्ता विविध प्रश्न उत्पन्न भएका छ्न । अनलाइको पहुच नहुने सुचना प्रबिधीका अन्या माध्यमलाई पनि प्रयोग गराउन सक्ने पठनपाठन गर्न सक्ने सरकारले गत भदौ २९ गते बिध्यार्थि सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरिसकेको छ । मत्रालयका प्रभक्ता दिपक मन्त्री परिषद् बाट निर्णय भै नआएसम्म यश बारे केही भन्न नसक्ने भन्दै दिइएका विकल्प बाटै निर्णय हुन सक्ने जानकारी दिए ।
गत बैशाख ८ गते देखि तोकिएको सो परीक्षा गत चैत ११ गतेदेखी को बन्दाबन्दिको कारण स्थगत भएको थियो । परिक्षामा कुल ४ लाख ३२ हजार बिध्यार्थिले आबेदन दिइएका थिए । बोर्ड्ले यहि भदौ २६ गते सुचना प्रकासन गरि कक्षा १२ को परिक्षाको लागि निबेदन दिइएका कोरोना माहामारिको कारण अन्य जिल्लामा बसोबास गर्दै आएका बिध्यार्थिलाइ सोही ठाउको स्थानिय पालिका वा आफुलाइ पायक पर्ने स्थानमा बिबरण उपलब्ध गराउन आग्रह गरेको थियो ।
यश अघि एसईइ कक्षा १० को परीक्षा मन्त्रीपरिषदको निर्णयकै आधारमा बिध्यालय बाट आन्तरिक मुल्यांकन बोर्डले प्रमाणीकरण गरिसकेको छ ।भने कक्षा ११ को पनि सोही प्रमणिकरण गर्न सक्ने तथ्री भएको थियो । शिक्षा येन २०२८ आठौं संसोधन २०७३ कार्यनयनमा आए पछि तत्कालीन उच्छ माध्यामिक शिक्षा परिषद् खारेज भै राष्ट्रियपरिक्षा बोर्डमा रुपान्तरण भएपछी बोर्ड्ले परिक्षा सन्चालन गर्दै आएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: