. झापा कारागारमा कोरोनाको संक्रमण फैलियो कैदी बन्दी त्रास::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

झापा कारागारमा कोरोनाको संक्रमण फैलियो कैदी बन्दी त्रास


असोज १०

झापा कारागारमा ७ जना कैदी बन्दिलाइ एकै पटक कोरोना भाइरसको संक्रमण पुष्टि भए पछि त्रास फैलिएको कैदिबन्दिले बताएका छन । क्षमता भन्दा तेबर कैदिबन्दी भएकाले कारागारमा एक साता देखि सयांै जनामा कोभिड जस्तै ज्वरो ,रुघाखोकी र झाडापखाला जस्ता लक्षण देखा परेको उनिहरुको भनाइ छ । गत साता काठमाडौ लैजान लागेको एक कैदिबन्दिमा कोरोना पुष्टि भएको थियो । शुक्रबार ७ जनामा कोरोना संक्रमण थपिए पछि अब झापा कारागारमा कोरोना संक्रमण हुनेको संख्या ८ पुगेको छ । उनिहरुको उपचार भद्रपुर स्थित मेची प्रादेशिक कोभिड १९ अस्पतालमा उपचार भैरहेको छ ।
कोभिड जस्तै लक्षण भएको बिरामीको संख्या दिनहु बढीरहेको छ । झापा कारागारमा कैदिबन्दिको नेतृत्व गर्दै आएका आन्तरिक प्रशासन प्रमुख मोहन धितालले भने राज्यको तर्फ बाट स्वास्थ सुरक्षा र उपचारकोका बिषयमा भरपर्दो कुनै उपाए अबलम्बन नगरिदा हामिले असुरक्षित महसुस गरेका छौ´। उनको हाल झापा कारागारमा ८२ महिला र १ हजार ६१ पुरुष गरि कैदी भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा राखिएका जम्म १ हजार १ सय ४३ कैदिबन्दी रहेका छन ।जबकी यो कारागारको क्षमता ३५० मात्र हो पालो गरेर सुत्नु पर्ने र कोचाकोच गरेर बस्नु पर्ने अबस्था रहेको ,सामाजिक दुरि कायम न भएको उपचारको नाममा एक जन अहेबले जाचेर सिटामोल मात्र दिने गरेको ,साबुनपानी तथा सेनिटाइजर को ब्यबस्थापन नभएको उनले गुनासो गरे । अर्का कैदिबन्दी रमेश पोखरेलले थुनेर राखेको कैदिबन्दिको पनि बाच्न पाउने नागरिक हक भएकाले राज्यले तत्काल कैदिबन्दीको चाप घटाएर स्वास्थ र सुरक्षा र प्रबन्ध मिलाउनु पर्ने माग गरे । बिश्व स्वास्थ संगठनका अनुसार कैदिबन्दिमा सामाजिक दुरि कायम हुन नसकेको अवस्था भएकोले सर्वोच अदालतले गत महिना दिइएको आदेश अनुसार सरकारले कारागारमा कैदिबन्दिको चाप घटाउनु पर्ने उनको धारणा छ । हामिपनी राज्यका नागरिकनै हौ´ ,संक्रमणका बेला बाच्नपाउने कैदिबन्दिको हकको हनन भैरहेको दाबी गर्दै पोखरेलले बताए ।
कारागारमा हाल कोभिडले धेरै सताउने ठानिएको श्वास प्रश्वास दमला १००, टिभिका २०,किड्नीका ८,मुटुका १२,मानसिकका ३५ एचआईभीका ४, मधुमेहका ३० र जेष्ठ नागरिकका ९० जना बिरामी कैदिबनदी रहेका छन । कैदिबन्दिमा कोरोना संगै मैसमी ज्वोरो फैलिएको जनाउदै झापा कारागारका प्रमुख राजेन्द्र गौतमले अत्याधिक चापका कारण कैदिबन्दिमा सामाजिक दुरिकायम गर्न नसकिएको बताए । उनले सन्क्रमितको संख्या बड्दै गएकाले कारागार भित्रकै एउट कोठालाई आइसोलेसनको रुपमा संचालन गर्ने तयारी भैरहेको बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

कम्प्युटरमा स्नातकतह गरेकालाइ जागिरको सुनौलो अबसर

प्रकाशित मिती : २०७७ कात्तिक १ गते , शनिबार

मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ

प्रकाशित मिती : २०७७ पुष १९ गते , आइतबार

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

शुक्रवार प्रदेश १ को कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: