. पहिरोको उच्च जोखिमले स्थानीय बासी रात परे पछि बिध्यालयमा बाँस::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

पहिरोको उच्च जोखिमले स्थानीय बासी रात परे पछि बिध्यालयमा बाँस


असोज ६
निरन्तर बर्षाले बस्ती माथिको पहाड फुट्न थाले पछि पर्बतको फलेवास नगरपालिका-४ मुडिकुवा स्थित एकघरेका करिब ४५ घर धुरी बिस्थापित बनेका छन ।
कति बेला बस्ती पहिरो झरेर पुर्ने हो त्रास नै त्रासले राती निदाउन समेत डर लाग्ने भएकाले रात बिताउन सुत्नको लागि साझ पर्ने बितिकै ओछ्यान बोकेर बिध्यालय पुग्ने गरेका छन । बिहान उठेर हेर्दा नपल्टियको घर हेर्दै लामो सास फेर्दै घर फर्किनु पर्ने बाध्यता छ । एक साता अघि भएको निरन्तर अविरल बर्षाको कारण आएको पहिरोले पुरिएर स्थानिय एक बालिकाको समेत ज्यान गएको थियो । ४५ घर धुरी रहेको एकाघरेको बस्तीनै पुरिन वा बग्न सक्ने जोखिममा परेपछि उनिहरु आकाशको अबस्था हेरेर ज्यान बचाउनकै लागि नजिकै रहेको माटेदेवल प्राबिधिक बिध्यालयको कोठामा गएर सुत्ने गरेका हुन ।
स्थानिय बाल मुकुन्द घिमिरेले बर्षा होला जस्तो लक्षण देखिएमा खाना खाए पछि सबै घरका मानिस आ- आफ्ना बिस्तारा बोकेर बिध्यालय जाने गरेको र बिहानै बस्ती गएर मन समाल्नु परेको आफ्नो फेसबुकमा हालेका छन । `यहाँ त हाम्रो बिजोक नै भएको छ पानी पर्लाजस्तो हुन साथ ४५ घरधुरिका केटाकेटी देखि बृद्धअबश्थाका सबै आफ्नो आफ्नो बिस्तारा बोकेर स्कुलतिर जाने गरेको बताए । बिहान र घर बगेको रहेनछ भन्दै खुसिले घर गएर काम समाहाल्ने गरेको उनले बताए´ । बस्तिमाथिको भिर चर्किएर झर्न थालेको छ । कतिबेला बस्ती पुर्ने हो टुङ्गो छैन । कतिबेला पहिरोले पुर्छ भनेर न राती भोक न राती निन्द्रा भएका छौ ।
उनका अनुसार त्यो बस्तिका २७० जनाको त्यही बेहाल भएको छ । बस्तिबाट करिब १ किलो माथी रहेको मन्धारको गुफा भन्ने स्थान बाट पहिरो झर्न थालेपछी गाउले घर छाडेर हिड्न बाध्य भएको स्थानिय सुमन गौडेलले बाताए । पहिरो जान लागेको स्थानबाट झरेको ढुङ्गा बस्तिमै आइपुग्ने गरेकोले राती पहिरो आएकाले जनधनको ठूलो क्षेती हुने भएकाले बिध्यालयमा आश्रय लिनु परेको उनको भनाइ छ ।
फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्माले पहिरोको जोखिममा रहेको बस्तीको पहिचान गरेर सुरक्षीत स्थानमा स्थानन्तरण गर्ने प्रक्रिया सुरु रहेको बताए । अहिले सम्म नगरपालिकामा सात वटा बस्ती तत्काल स्थानन्तरण गर्न नगरपालिकाले संघ र प्रदेश सरकारले सिफारिस गरेको उनको भनाइ छ । सिफारिस भएका गाउँमा उक्त बस्ती छुटेको हुनाले पुन: सिफारिस गर्न सकिने पनि नगर प्रमुख शर्माले बताए । तत्काललाई आवश्यक सुरक्षा सावधानि अपनाउन समेत उनले आग्रह गरे ।
पहिरोको कारण वडा न ४ कै चुरी ,वडा न ३ को पुर्कोट र रुक्दी ,वडा न २ को दरदरे ,वड न १० का फल्ला लगाएत गाउँ जोखिममा छन । गाउँ पहिरोको उच्च जोखिममा रहेकोले नगर् स्थरिए बिपत ब्यबस्थापन समितिको निर्णय अनुसार सुरक्षित ठाउमा स्थानन्तरण गर्न सिफारिस गरिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

संसद विघटन बदर गर्ने सर्बोच्चको फैसला

प्रकाशित मिती : २०७७ फागुण ११ गते , मंगलबार

मन्त्री परिषद्को बैठक बस्दै- सिद्धकालि डट कम

प्रकाशित मिती : २०७७ चैत्र १ गते , आइतबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: