. बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा


असोज -७
शिक्षा ,बिज्ञान तथा प्रबिधी मन्त्रालयले बैकल्पिक माध्यम बाट सिकाइ सन्चालनको लागि हिजो बिध्यालयले शिक्षा सम्बन्धि आकस्मिक कार्ययोजना सार्बजनिक गरेको छ । सिकाइको क्रममा सुचना र सिकाइको प्रबिधीको प्रयोगमा बिध्यार्थीको पहुँचको विविधतालाइ ध्यानमा दिई होम स्कुलिनको अबधारणा,बिध्यार्थी,सम्पर्ग प्रबर्द्धन जस्ता मैलिक विधि अपनाएर सिकाइमा सहजीकरण गर्न तत्काल गर्नु पर्ने कामका सन्दर्भमा प्रधानमन्त्री केपि शर्मावली को निर्देशनमा उक्त कार्ययोजना ल्याइएको हो ।

शिक्षा बिज्ञान ,तथा प्रबिधी मन्त्री हिरिराजमणी पोख्रेलले कार्ययोजना,नेपाल सरकार ,प्रदेश सरकार,स्थानिय सरकार ,अभिबावक ,निजि क्षेत्र तथा गैरसरकारी संस्थाहरु सबैले आफ्नो दाइत्व निर्भाहा गर्ने गरि एकीकृत ढ्ङ्गको प्रयास गर्ने बताए । मन्त्रीपरिषद्को असोज १ गतेको निर्णयबाट सो कार्ययोजना स्वीकृत भएको हो । कोभिड १९ को जोखिमका कारण अबरुद्ध बिध्यालयको पठनपाठन नियमित रुपमा सुचारुहुन नसकेको अबस्थामा दुर तथा खुल्ला शिक्षालगायतको प्रणालीलाई ब्यबस्था गर्दै बालबालिकालाई आफ्नो परिवेश अनुकूल सिक्ने बताबरण सृजना गर्न मन्त्रालयले यश अघि बिध्यार्थी सिकाइ सहजीकरण निर्देशिका,२०७७ जारी गरि यहि असोज १ गते देखि कार्यनयनमा ल्याएको छ ।
कार्ययोजनाका बसाइ स्थानन्तरण भएका बिध्यार्थिका तथ्यांक संकलन ,सबै बालबालिकाका लागि पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता र कार्यस्थलमा शिक्षकको उपस्थितिलाई तत्काल गरिहाल्नु पर्ने कार्यको रुपमा जोड दिइएको छ । यसै शैक्षिक शत्रमा बिध्यार्थिले सिक्नु पर्ने बिषय बस्तु ,शिक्षण बिधिर मुल्यांकन प्रक्रियाको लागि ढाचा बिकास ,नमुना स्वाध्यन्न सिकाइका सामाग्रीलाई बिकासलाइ कार्ययोजनामा समेटिएको छ ।
कार्ययोजनाले सन्चार तथा सुचना मन्त्रालय संगको सहकार्यमा बिध्यार्थी र बिध्यालयका शिक्षक बिच नियमित एवम् प्रभावकारी सिकाइ सम्पर्ग कायम गराउने प्रयोजनका लागि नेपाल टेलिकम सहित अन्य दुर सेवा सन्चालन कार्यलय संस्थाहरु बाट मोबाइल सेवा आबद्द गर्ने बिषय पनि समेटेको छ। नेपाल दुर सन्चार प्राधिकरणले यश बिषयमा आवाश्यक सहजीकरण गर्ने छ ।होम स्कुलको कार्यनयन अबधारणा अस्थाइ सिकाइ सहजीकरण केन्द्र स्थापना र सन्चालन ,शिक्षक घर दैलो कार्यक्रम ,प्रारम्भिक बाल बिकास तथा शिक्षा सन्चालन ,श्रब्री दृश्य सामाग्री बिकास र प्रसारण लगाएत र क्रियाकलाप सम्पादन गर्न विभिन्न कार्यनयनका प्रक्रियाहरु निर्दिष्ट गरिएको छ ।मन्त्री पोखरेलले भने ” कार्ययोजना कार्यनयनमा स्थानीय तहको महत्व पुर्ण भुमिका छ । बिध्यालय तह बाट सम्पादक हुने सबै कार्यक्रम हरु स्थानिय तहकै निर्देशन अनुगमन र समन्वयबाट बाट सम्पादक हुने ब्यबस्था गरिएको छ “। कार्ययोजनाको अनुगमन र सहजीकरण केन्द्र र प्रदेश सरकारले गर्ने छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सिफारिस

केही खुकुलो गर्दै भोजपुरमा निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ असार १७ गते , बिहिबार

आज कक्षा १२को नजिता प्रकाशन हुने

प्रकाशित मिती : २०७७ माघ १९ गते , सोमबार

सुनसरीमा खुकुरी प्रहार गर्ने एक युवक पक्राउ

प्रकाशित मिती : २०७७ पुष १९ गते , आइतबार

असुरक्षित नारी -कविता

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: