. भोकले मर्नु भन्दा रोगले मर्नु भन्दै रोजगारिको लागि जान थाले भारत::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज २ गते , शुक्रबार

भोकले मर्नु भन्दा रोगले मर्नु भन्दै रोजगारिको लागि जान थाले भारत


साउदी अरब बाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोनाको माहामारी बाट आफ्नो ज्यान समेत जोखिममा रहने भैएकाले घर फर्किएका हाम्रा दाजु भाइ यति बेला चिन्तित छन । धनकमाएर घर खर्च चलाउन करिब २२ महिना अघि रु डेढ लाख ऋण काढेर २५ बर्षिय छाेरा बलराम दर्जी लाई साउदि अरब पठाउनु भएका सिताराम को सपना कोरोना को कहर संगै तुहिएको छ । ” छोरोले बिदेशमा कमाएर एउटा ओत बस्ने घर समेत बनाउला भन्ने सोचेको थिए । ” सितारामले दुखेसो पोख्दै भन्नू भयो ।”छोरो केही दिन अघि रित्तै घर फर्कियो ,अब दैनिक जिबिकाको त कुनै कुरै भएन बिदेश जादा लिएको ऋण कसरी तिर्ने भन्ने चिन्तित हुनुहुन्छ । “सिताराम पनि केही बर्ष अगि मलेसिया बसेर फर्किएका थिए ।
” छोरोले केही गर्ला धन कमाउला म घरको रेखदेख गर्छु भन्ने सोचेको थिय ।” उहाले भन्नू भयो – ” बरु यहाँ केही काम पाइन्छ कि यतै खोज्नु पर्यो तर हामी जस्ता गरिबलाइ कस्ले रोजगारी देला र ?” उहाले आफ्नो दैनिकी गुजारा समेत चलाउन गाडिमा समेत काम पाउन गाह्रो भयोको बताउनु भयो ।” आफू संग भएको केही जग्गामा अन्न बाली लगाइ केही ब्यबसाय गरै जंगली जनावए र बादले सखाब पार्छ । “उहाले भन्नू भयो ” रोजगार गर्न भारत जाऔ त भारतमा पनि दिनहुँ एक लाखको हाराहारिमा कोरोना संक्रमण बढेको खबर सुनिन्छ जान मन लाग्दैन मन भरी पिर र डर मात्र लाग्छ ।” उहाको ४ जनाको परिवार छ तर उनिहरु आफ्नो दैनिकी चलाउन समेत खर्च बनाउन समेत बन्दाबन्दी को कारण निक्कै कठिनाइ भएको बताउनु भयो ।
त्यसै गरि त्यहा भोजपुर नगरपालिकाका बिरबाहदुर को पनि यतिबेला छाक टार्न कठिन भएको बताउछन । रोजगारी गर्ने छोरो कोरोनाको डरले घरमा थन्किएर बस्नु परेकोले चिन्तित हुनुहुन्छ । ” म भारतको गुजरात प्रदेशको अहम्दबादमा एक होटलमा काम गर्न थालेको निकै बर्ष भयो ।” कोरोनाको डरले २ महिना अघि घर फर्कियका बिरबाहादुर भन्नू हुन्छ ,” अहिले यहाँ घरमा साबुन किन्ने समेत खर्छ छैन ,जताततै साबुनपानीले हात धुनुपर्छ भनेको सुन्छु त्यही साबुन कसरी जुटाउने भन्ने समस्या आएको छ। ” होटलमा मजदुर गरेर मासिक भारतिय रुपया १५ हजार कमाउने गरेका बिरबहादुर गाउँ फर्किय पछि आम्तेक को वडामा बेरोजगारि फर्म भरे पनि कुनै काम न आयको बताउनु भयो ।”
” स्थानीय तहले बेरोजगार फर्म भर्नत लागायो तर रोजगारी दिने केही छाटकाट छै” । अब रोग सङ डराएर के गर्नु पेट पाल्न गाह्रो भयो अब फेरि रोजगारिको लागि भारत जानू बाहेक केही रहेन । होटल बन्द भए पछि भारतमै केही समय बेरोजगार बसेको झन झन कोरोना फैलिएकोले गर्दा अर्काको देशमा मर्नु भन्दा आफ्नै देशमा मर्नु राम्रो ठानेर आए तर यता नेपाल – भारत को सिमानामा झनै कठिनु भोग्नु पर्यो जे होस २-४ दिन पछि नेपाल सरकारले क्वारेन्टाइनमा राख्ने गरि नेपाल छिरायो १४ दिन बसेर घर आए तर अहिले रोगले भन्दा भोकले मर्न बाध्य हुनु पर्ने अबस्था छ त्यसैले अब भोकले भन्दा रोगले मर्ने भन्दै भारत तिरै जाने तयारी म रहेको बताउनु भयो ।
कोरोनाको संक्रमण बाट भारतमा मानिस लाखै मानिस सन्क्रमित र दशौ हजार जनाको मृत्यु भएको खबर सुन्दा नेपाली हरु त्यसको प्रबाह नगरी मजदुरिको लागि भारत जान थालेका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: