. भोजपुरे खुकुरी बचाउ अभियानमा पुरै नेपाल साइकलमा भ्रमणगर्ने भोजपुरका एक साइकल यात्री::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

भोजपुरे खुकुरी बचाउ अभियानमा पुरै नेपाल साइकलमा भ्रमणगर्ने भोजपुरका एक साइकल यात्री


भोजपुर जिल्ला खुकुरीको प्रसिद्ध जिल्ला भनेर सामान्य ग्यानमा समेत पढ्न पाइन्छ । तर बिगतको केही बर्ष देखि भोजपुर को खुकुरीमा अन्य ब्यपारिहरुले समेत अन्तबाट खुकुरी खरिद गरि भोजपुरे खुकिरिको नामकरण गर्दै बेच्ने गरेको पाएकोले किन आफ्नो जिल्लामा राम्रो उत्पादन हुने खुकुरी ग्राहकले चिन्न नसक्दा ग्राहक समेत न राम्रो सङ ठगिन पुगेको देख्दा भोजपुर नगरपालिका ११ आम्तेकमा जन्म भएका तेज प्रसाद पराजुली भोजपुरे खुकुरिको प्रचारप्रसार गर्दै नेपालको ७ओटा प्रदेश ७७ ओटा जिल्ला भ्रमण गर्दै एक साइकल यात्री एभरेष्ट बाबू निक नामले चिनिने पराजुली गोजिमा २२० रुपैया लिएर साइकल यात्रामा निस्केका हुन ।


२०७५ साल बैशाख ९ गते गर्मीयामको समय उनी झापालिल्ला बाट भ्रमण सुरु गरे करिब १० महिनालामो उनको यात्रामा उनी ७७ ओटै जिल्लाको सदरमुकाम पुगेको बताउछन । उनी उनी मध्य बर्षाको समयमा न भोक न निन्द्रा न भनी बर्षाको समय बाटो समस्या पार गर्न कठिन अबस्थामा पनि उनी खुकुरी बचाउ अभियानमा निस्केर प्रत्येक जिल्ला पुगे । उनी भन्छन ” कम्तीमा २ छाक खाना खाना खानु पर्नेमा १ छाकमात्र खाना खाएर अरु समयमा अन्य प्याकिङ युक्त जङ फुट खादै उकालो बाटो गर्मी समयमा प्यासलाग्दा समेत पानी खान न पाउँदा जमिनमुनी फल्ने पानीअ्मला खादै प्यास मेटाउदै यात्रा गर्न क्रममा तेह्रथुम को आठह्ययी गाउपालिकाको भोटेकोसीमा उनी साइकल संगै करिब २० मिटर उचाई बाट खसेको र त्याहाको स्थानिय बासिले उद्दार गरेको बताउदै यस्तो कठिन अबथालाइ थाती राख्दै यात्रा गरेको बताउछन ।
साइकल यात्री पराजुलीले करि ८ दिनमा मेचिमाहाकाली को यात्रा गरेको बताउछन । उनले आफ्नो बाल्यकाल देखिनै आफ्नो गाउँ एक पहाडी दुर्गम क्षेत्रमा भएकाले सानै देखि आफ्नो गाउमा साइकल लिएर आउने सपना बुनेका थिय तर सपनालाइ बिपनामा यथार्थ रुपमा परिवर्तन गरे । उनी बिध्यार्थी जीवन देखिनै ५,१० रुपैया जम्मा गर्दै साइकल किनेको बताउछन ।
२०५२ सालमा भोजपुर जिल्लको आम्तेक पितैलामा जन्मिएका साइकल यात्री पराजुली आफ्नो २४ बर्षाको उमेरमा साइकल यात्रामा निस्केका थिए । उनले यात्राको क्रममा विभिन्न मठ मन्दिर धार्मिक स्थल पर्यटन स्थलमा समेत भ्रमण गरेको बताउछन । विभिन्न देशबाट हाम्रो देश नेपालमा बिदेशीहरु महिनैसम्म लगातार यात्रागरेर नेपाल आउछन । खासमा किन आउछन नेपाल के छ नेपालमा भन्ने उसको मनमा कौतुहलता उत्पन्न भयो र उसलाई पनि हिम्मत बढेर बिदेशी हरुत घुम्न आउछन हामी स्वदेशमा भएर किन नजाने भन्दै आफ्नो जन्म स्थल को खुकुरी लिएर त्यसको प्रचारप्रसार गर्दै साइकल यात्रामा निस्केका थिए । उनलाइ ७७ ओटै जिल्ला घुमिरहदा पनि अझै घुम्ने इच्छा छ हाल कठिन अबस्थाले गर्दा उनको यात्रा स्थकित भएको हो । विभिन्न ओझेलमा रहेको रमाइलो ठाउँ ,धार्मिक स्थल,पर्यटन स्थल को समेत प्रचारप्रसार गर्दै यात्रागर्ने र अब को योजना भोजपुर जिल्लाको सबै भन्दा अग्लो रक्की माउटेन साल्पासिलिच्छो ४ हजार १ सय ५३ मिटर उचाईमा जाने बताउछन । जहाँ यात्रु हरु पर्यटन बर्ष मनाउदै पैदल यात्रा गरेका ता पनि उनी साइकल आफ्नो काधमा लिएर भए पनि यात्रा गर्ने बताउदै सिद्दकाली डट कमलाइ खबर दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: