. भोजपुर अस्पतालमा अति आवश्यक बाहेकका सेवा बन्द जिल्लाका छिमेकी गाउमा लापरबाही::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

भोजपुर अस्पतालमा अति आवश्यक बाहेकका सेवा बन्द जिल्लाका छिमेकी गाउमा लापरबाही


भोजपुर जिल्ला अस्पतालमा अति आवश्यक बाहेकक अरु सेवा बन्द गरिएको छ । जिल्ला सन्कट ब्यबस्थापन केन्द्र भोजपुर को निणय अनुसार जिल्ला अस्पताल भोजपुरमा अति आवश्यक बाहेकका थप सेवा बन्दा गरिएको डा पबित्रा कार्कि बताउनु भयो । जिल्ला अस्पताल लाई असोज २ गते सम्म बन्द गरिएको जान्कारी गराउनु भयो ।
भोजपुरमा थप ३ जनामा कोरोना पुष्टि भए संगै फेरि १ हप्ताको लागि लकडाउन भएको र। संक्रमण हुनेहरुमा बाणिज्य बैंक भोजपुर साखाका कर्मचारी , प्रहरी कार्यलय हिरासतमा रहेको एक थुनिवा र अरुण गाउपालिकको जरायोटार को हेल्थ होल्डिन सेन्टरमा रहेक एक सहित तीन जनामा कोरोना पुष्टि भएको जिल्ला प्रसासन कार्यलय भोजपुरले जानकारी दिए संगै सामुदायमा स्तरमा समेत फैलन सक्ने अनुमान गर्दौ जिल्ला अस्पतालमा ओ टि पि मा सेवा लिन आउने सर्बसाधरण,जनप्रतिनिधि , सुरक्षाकर्मी , अस्पताल स्टाप , गर्भवती महिला बालबालिका सबैको स्वास्थलाई मध्य नजर गर्दै जिल्ला अस्पतालको सेवा बन्द गरिएको जानकारी दिनुभयो । अस्पताल को सेवा बन्द गरे संगै अस्पतालमा सेवा लिन आउने सर्बसाधरण मारमा परेका छन ।
जिल्लामा थप कोरोना फैलिन न दिन फेरि १ हप्ताको लागि लकडाउन गरिएको छ । भाद्र २४ गते ५ जनालाइ कोरोना पुष्टि भएको थियो । यो संगै भोजपुरमा २० जना कोरोना संक्रमीत देखिएको छ जस मध्य ६ जना निको भएर घर फर्किएका छन ।
कोरोना भाइरस फैलन थालेको भन्दै भाद्र ३१ गते सम्म अति आवश्यक बाहेक अरु सेबा बन्द गरिएको छ । भोजपुर जिल्ला संकट ब्यबस्थापन केन्द्रले जिल्लाभरका तरकारी र खाद्यन्न दिउँसो ३ बजे देखि ५ बजे सम्म स्वास्थ सुरक्षा अपनाएर सामाजिक दुरि कायम गर्दै खोल्न पाउने गरि १ हप्ताको लागि लकडाउन गर्ने निणय भएको सायक जिल्ला अधिकारी राम प्रसाद लुइँटेलले जानकारी दिनु भयो । यदि सुचनालाइ ब्यवास्था गर्दै लापरबाही गरेको पाइएमा कारभाइ गर्ने बताएका छन । जस्मा बन्द गर्नु पर्ने सेवाहरु जिल्ला भरका सबै पसल , होटल ,रेस्टुरेन्ट , मासुपसल,यातायातका साधन बिरामी (बोकेको बाहेक) सबारी तथा निजि यातायात, निजि कार्यलय ,संघ सस्था, शैक्षिक सस्था , बितिय सस्था , सहकारी ,धार्मिक सास्कृतिक स्थल, जात्रा,खेलकुद, मनोरञ्जन ,जिमखाना ,शैलुन ,ब्युटिपार्लर भिड्भाड हुने सबै स्थान हरु आवश्यक बिना मानिसहरु हिड्डुल गर्न खुल्ला स्थानमा मानिस हरु भेला ,सभा गोष्ठी ,तालिम हरु लगायत उद्योग धन्दाको लागि स्वास्थ मापदण्ड अनुसार मानिस हरु ओसारपसार गर्न सबै बन्द गरिएको छ यो संगै सन्चालन गर्न पाउने सेवाहरुमा न्युनतम सुरक्षा मापदण्ड अपनाएर औसधि पसल, अस्पताल , सुरक्षा निकाएका कार्यलय , प्रशासन कार्यलयका आवाश्यक कार्यलय ,स्वास्थ मापदण्ड अपनाएर रासनका सामाग्री ढुवानी गर्न र स्वस्थ मापदण्ड अपनाएर बिहान ६ बजे देखि ९ बजे सम्म दिउसो ३ बजे देखि ५ बजे सम्म खाद्यन्न , फलफूल ,तरकारी दुग्ध पदार्थ, यो संगै वैद्युत ,खानेपानी ,दुरसचार खोल्न पाउने छन ।
यो संगै जिल्लाको वरिपरि रहेको गाउहरुमा भने लापरबाही गरेको पाइएको छ । आम्तेक, टक्सार , भैसिपन्खा, श्यमशिला लागएतको क्षेत्रमा आफ्नो सुरक्षालाइ मध्यनजर न गरेको र त्यहा बिना माक्स मानिस हरु हिडडुल गर्ने गरेको पाइएको छ । यस्तै आम्तेकमा बिबिन्न किराना पसलमा समेत लापरबाही बढेको छ बिना माक्स मानिसहरु सेवा लिन आउने ढुवानिको सामाग्री लिएर आउने चालक सह- चालकले समेत नियन पालन न गरेको र स्थानिय चोकमा क्यारेमबोट खेल्ने भिड्भाड गर्ने ईन्टरनेट चलाउन भिड्भाड गर्ने , विभिन्न बिधयालयको खेल्मैदानमा समेत खेलखेल्ने समेत गरेको समेत पाइएको छ ।
आफुपनी बचौ अरुलाइ पनि बचाऔ


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

संखुवासभामा कोरोना भाइरस बाट थप एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

कोरोनाको खोप लगाउन जादा केके कुरामा ध्यान दिने

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

पौडी खेल्ने क्रममा २ बालकको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख १ गते , बुधबार

भन्सारले बिभागले ६सय ६० जना एजेन्ट माग

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: