. रंगशाला निर्माण गर्न धुर्मुस सुन्तली फाउन्डेसनले १८ करोड संकलन २३ करोड खर्च::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र ३० गते , मंगलबार

रंगशाला निर्माण गर्न धुर्मुस सुन्तली फाउन्डेसनले १८ करोड संकलन २३ करोड खर्च


कोरोना भाइरस महामारिले नेपालका सबै जसो जिल्लामा निषेधाज्ञाको समयमा पनि बहु चर्चित गैतमबुद्द अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माण जारी रहेको छ । कार्यरत मजदुरलाई रंगशाला परिसरमा नै बस्ने ब्यबस्था गरेरकाम लाई निरंतरता दिएको हो । गत चैत ९ गतेबाट रोकिएको काम गत बैशाख २० गतेबाट पुन : काम थालिएको थियो । भरतपुरमहानगरपालिकाको सहकार्य गर्दै धुर्मुस सुन्तली फाउन्डेसन रंगशाला निर्माण गरिरहेको छ ।हाल रंगशालामा १ सय ५० जना मजदुरले काम गरिरहेको छ ।

                  निर्माणाधीन रंगशालाका निमित्त परियोजना ब्यबस्थापक मणि दासका अनुसार रंगशाला प्यारापिटका लागि पिल्लर उठाउने क्रम जारी छ । यसकालागी पिसिसी गर्ने काम लकडाउन अघिनै सकिएको थियो । अहिले पिल्लरको काम भैरहेको छ । `ए´ `बि´ `सि´ र डि गरि चार वटा बल्कमा रहने प्यारापिटको `ए´ र `बि ´को काम भैरहेको छ । ती मध्य `ए´ र बि प्यारापिटमा १ सय ५ वटा पिल्लर उठाए ढल्लानको काम सप्पन्न भएको उनले जानकरी दिए। 
                  "ए" प्यारापिटमा १ सय १० ओटा पिल्लर रहने छन् त्यसैगरी "बि" प्याराफिटमा १ सय २० पिल्लर मध्य १९ वटाकाे जग हालिएको जानकारी दिए।एकलाइनमा ५ वटा पिल्लर हालेका छन् । प्याराफिटको पहिलो स्टेप डिपिसी लेभलबाट एक मिटर २० सेन्टिमिटरको उचाइ सम्म रहेछ भने पाचौं पिल्लर २९ मिटर उचाईक हुने छ । दुई प्याराफिटमा १५-१५ हजार क्षेमता हुने छ । मन्सुन रोकिए संगै लगातार भुइको काम गर्ने तयारी गरिएको छ । मैसमका कारण भुइको पानी जमेकाले पिल्लर उठाउनको लागि खनिएक खाल्डाका पानी फाल्न दैनिक २० ओटा सम्म पम्पको प्रयोग गरिएको छ । यश बर्ष धेरै पानी परेकाले काममा कठिनाइ परेको उनले जनाए। 
                  रंगशाला निर्माणमा गत साउन मसन्ता सम्म रु २३ करोड ७४लाख ६४ हजार खर्चभै सकेको छ । प्रयोजनाका लेखा प्रमुख मुक्ति तिम्सिनाका अनुसार हाल सम्म रु १८ करोड ५३ लाख ४२ हजार मात्र संकलन भएको छ । गत असार मसान्तसम्म रु ९९ लाख ६२ हजार बराबरको जिन्सी सामान उपलब्ध भएको थियो । काम भैइरहेकाले रु ५ करोडभन्दा बढि उदारोमा सामान ल्याएको उनले जानकारी दिए । 
                  फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले निषेधाज्ञामा प्राबिधिक र मजदुरहरु भित्रै राखेर काम भैरहेको जानकारी दिए । अहिलेको विषम परिस्थितिको कारण थप सयोग संकलन गर्न केही कमि आएको जनाउदै उनले यश अघि वकालत गरिएका निजि र सरकारी नियम बाट रकम उपलब्ध भएमा समयमा काम सम्पन्न गर्न सकिने जानकारी दिए । आगमी १८ महिना भित्रमा काम सम्पन्न गर्ने गरि रंगशालाको निमार्णको काम भैरहेको छ ।
                  निषेधाज्ञाका कारण निर्माण सामाग्री सहज नहुदा र बर्षाको कारणले सोचेजती कामले गति लिन नसकेको उनले बताए। रंगशाला निर्माणकोलागि स्थानीय प्रदेश सरकारले सयोग गर्ने जनाए पनि हाल सम्म कुनै रकम सयोग नपाएको बताए। सबै सकारात्मक भएकाले छिट्टै रकम आउने र कामले गति लिने उनको बिस्वास छ । भरतपुरमहानगरपालिकाका सकृयता त्रिभुवन बिश्व बिध्यालयको नाममा रहेको र कृषि तथा बन बिज्ञान बन बिज्ञान बिश्व बिध्यालयले उपभोग गरेको २२ बिग्गा जग्गा दिलाएर रंगशाला निर्माण सुरु गरिएको हो । भरतपुर महानगरपालिकाले १५ रामपुरमा जग्गा दिए बापत महानगरपालिकाले बिश्वबिध्यालयलाइ अन्य क्षेत्रमा जग्गा दिइएको छ ।
                  महा नगर प्रमुख रेणु दाहालले फाउन्डेसन सङ सहकार्य गरेर भैरहेको रंगशाला निर्माणको कामलाइ निरंतरता दिइरहेको जानकारी दिए । महानगरले यश बर्ष ४ करोड र बागमती प्रदेशले ३ करोड निनियोजित भएता पनि प्राबिधिक कारणले रकम निकासा भएको छैन। राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रामा चिनाउने यहाको महत्त्व पुर्ण भुमिका भएको जनाउदै सबैको साथ सयोगको आस रहेको बताए। 
                     फाउन्डेसनले नेपालमा रंगशाला बनाउने बताए संगै महानगर पालिकाले भरतपुरमा बनाउन जग्गा ब्यबस्थागरी अन्य सयोग गरेको थियो। 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: