. रासायनिक मलमा कालो बजारि::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

रासायनिक मलमा कालो बजारि


भोजपुर / जिल्लाको अरुण गाउपालिकामा रासायनिक मलको कालोबजारी भएकोपाइएको छ । तोकिएको मूल्य बन्दा चार गुणा मुल्यमा रासायनिक मल किसानलाई बेच्ने गरेको पाइएको हो । प्रती बोरा ७ सय ८५ पर्ने स्थानीय बेपारी अर्जुन कटवालले २५ सयमा बेच्ने किसान लाई बेच्ने गरेको स्थानीय बासिन्दा ले बताएका छन। कट्वाल ले यश अघि पनि तोकिएको मूल्य भन्दा तेब्बर मुल्यमा बेच्ने गरेको जन गुनासो स्थानीय नवराज फुयालले बताए । फुयाल भने ” स्थानिय खुद्रा ब्यपारी समेत रहेका कोरोना महामारी बन्दाबन्दिको बेला पनि मलको हाकार भए पछि मनपरी ढंग ले मल मलको मूल्य तोकेपछी हामी जस्ता सर्ब साधारणले आफ्नो स -परिवारले मेहनत गरेको कमाइ उत्पादन गर्न कठिन भए पछि किन्न बाध्य भएको बताउनु भयो | “

                                  मनपरी मूल्य तोकेर मलको कालो बजारी गरेको गोप्य सुचना पाए पछि हामीले प्रहरिलाइ खबर गरेपछी प्रहरिले सुचनाको भरमा मल ढुवानी गर्ने चालक , सह चालक र गाडिलाइ नियन्त्रण मा लिएको छ । मोरङ को सलकपुर बाट राता रात मल ल्याउदै गर्दा  को १ ख ३४६६ नम्बर को मिनिट्रकका चालक भोजपुर नगरपालिका १२ ट्क्सारका धन बहादुर  सुन्दासलाइ ४० बोरा रसायनिक  मल सहित प्रक्राउ गरिएको हो ।
                                  मल ल्याउने क्रम  धरान धन्कुटा ,लेगुवा ,भोजपुरको जरायोटार प्रहरी चेक पोस्टमा प्रहरिले सोधपुछ गर्दा ` गाडिमा कुखुराको चारो छ ´ भनी झुक्याएर गाडी प्रवेश गराएका थिए । सोही गाउपालिका को ओडानेमा गाडी रोक्न लगाएर स्थानिएले सोधपुछ गर्दा याकुका ब्यापारी कट्वालको मल ल्याएको बताए त्यस पछि मलको कालो बजारी प्रर्दा फास भयो।
                                  नियन्त्रण गरिएको उत्तम ब्रान्डको मल कुनै पनि रसिद न हुदा कति मुल्यमा खरिद गरि ल्याइएको भन्ने समेत खुलेको छैन। मल ल्याइएको मिनि ट्रकमा जुत्ता, चप्पल, कपड़ा लगाएत हार्ड्वेरको सामाग्री पनि बरामद गरिएको छ । बरामद मल र सामाग्री जिल्ला प्रहरी कार्यलयमा राखिएको छ। 
                                  मल सहित पक्राउ गरियका सुन्दास लाई भने २० दिनको म्याद थप गरि अनुसन्धान थालियको छ। याकु घर भएका कट्वाल भने सम्पर्क बिहिन भएका जिल्ला प्रहरी कार्यालय भोजपुरका  प्रहरी नायब उपरिब्यक्षक  कृष्ण कुमार चन्दले बताउनु भयो । कालो बजारी गर्ने कटवालको भने खोजीकार्य भैरहेको प्रहरिले जानकारी दिए ।
                                  यता अरुण गाउँ पालिकाका अध्यक्ष गजेन्द्र बहादुर कार्किले पनि कसैले बढी मुल्य् लिएर  मल बिक्री गरेको पाइयो भने त्यसलाइ कारबाहिको दाएरामा  मा ल्याउने बताए । अरुण गाउपालिकाको लागि रासायनिक मल खरिद गर्न एचपी सप्लायर्स  लाई ठेक्का दिएको अध्यक्ष कार्किले जानकारी दिनु भयो।
                                  अध्यक्ष कार्किका अनुसार सप्लायर्स  सङ प्रतिकिलो ५० रुपयाका दरले १ हजार ३ सय ८५ बोरा डिएपि र २ हजार ६ सय ५ बोरा युरियामल ल्याउने सम्झौता  भएको छ ।सप्लायर्सले भने कोरोना माहामारिको बेला समयमा मल दिन न सकेको जानकारी दिनु भयो।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

छोराको बन्चरो प्रहार बाट बाबुको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

वामदेव ओलि,प्रचण्ड र नेपाल लाइ मिलाउन धमाधम गोप्य बार्तामा

प्रकाशित मिती : २०७७ चैत्र २ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: