४करोड ४० लाखमा बिधुत बिस्तार हुदै

समाचार

असोज ७ भोजपुर
भोजपुरजिलाको पुर्बी छिमेकी पौवादुङमा गाउपालिकामा बिधुत बिस्तार गर्नको लागि प्रक्रिया अधि बढेको छ । उज्यालो गाउपालिका बनाउने लक्ष्यका साथ बिधुत बिस्तार गर्न बोलपत्र आवान गरिएको हो । स्यामशिला देखि ठुलोदुङमा सम्म बिधुत बितरण गरको लागि प्रक्रिया अगाडि बढिसकेको गाउपालिकाले जनाएको छ । यश आर्थिक बर्ष भित्रमा बिधुत बिस्तार गरिसक्ने लक्षकासाथ काम सन्चालन हुने गाउपालिकाका अध्यक्ष किरण राइले जानकारी दिनु भयो । अध्यक्ष राइले भने,” उज्यालो गाउपालिका बनाउने हाम्रो लक्ष्यलाई पूरा गर्न बिधुत बिस्तार्को लागि बोलपत्र आवान भएको छ ,कामको दैडानमा कुनै चुनैती नआएमा चालू आर्थिक बर्ष भित्रमा बिधुत बिस्तारको काम सम्पन्न हुन्छ । “
गाउपालिकाले सबै घर- घरमा उज्यालो बनाउनको लागि सरोकारवाला पक्ष सङ समन्वय गरेर कामको थालनी गर्न लागेको अध्यक्ष राइले जानकारी दिनुभयो । यस्ले जनताको चहानालाइ पुरागर्न धेरै मदत पुग्ने उहाको भनाइ छ ।हाम्रो स्थानीय तहमा आएको बजेटले सबै ठाउमा बिस्तार गर्न सम्भब थिएन, यसर्थ हामिले सरोकारवाला पक्ष सङ निकै ठूलो पहल र प्रयत्न गरेर यो कामलाइ सहज बनाएका छौ, यस्को लागि प्रदेश १ का मुख्य मन्त्री शेरधन राइले पनि निकै चासोको साथ कामलाइ अगाडि बढाउन निर्देशन दिनुभएको छ । यस गाउँपालिका बासिमा उत्साह बडेको छ । हुनत हामिले गरिब तथा बिपन्न परिवारको पहिचान गरेर सोल्लर बितरण गर्दै आएका छौं ।अध्यक्ष राईले भने, गाउँपालिकाको केही क्षेत्रमा केन्द्रिय बिधुत प्रसारण लाइन जोडिएको भएपनि अधिकाङ्स दुर्गम क्षेत्रका स्थानीय बिधुत सेवाबाट बन्चित रहेका छन ।
गाउँपालिका भित्र तीन हजार भन्दा बढी घर परिवारको बसोबास रहेको छ । गाउँपालिकाले सबै क्षेत्रमा ठुलो बजेट लाग्ने भएपछि दुर्गम क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गरेर सोल्लर सेट सामग्री बितरण गर्दै आएको छ। अहिले गाउँपालिकाका केहि भाग च्याङ्ग्रे, तिवारी भञ्ज्याङ्, स्यामसिला, सानिदुम्मको केही भागमा मात्र बिधुत बिस्तार भएको छ। प्रदेश १ सरकारले घर-घरमा उज्यालो पुर्याउने अभियान अन्तरगत बिधुत बिस्तारको प्रक्रिया सुरु गरिएको हो। बिधुत बिस्तारको लागी चर करोड चालीस लाखको माग गरिएको भोजपुर बितरण केन्द्रका प्रमुख रबिन बाबू घिमिरेले जानकारी दिनु भयो। जसमध्ये जनशक्ति ब्यबस्थापन तथा अन्य प्राबिधिक कामको लागी रू: ९९ लाख ५३ हजार ६३३ बराबरको खर्च हुने उहाँको भनाई छ। सबै प्रक्रिया सम्पन्न गरेर मङ्सिर अन्तिम देखि काम सुरु गरिने प्रमुख घिमिरेले बताउनु भयो ।
अध्यक्ष राईले भने,” हाम्रो गाउँपालिकाको समग्रमा करिब १०% भागमा मात्र बिधुत पुगेको छ ,भन्ने सुन्ने सुनेको छु तर हामिलाइ जानकारी नदिइ माथी बाटनै बिधुत बिस्तारको काम गर्दा धेरै समस्या छन । ठेकेदारले गरेको धेरैकाम अस्तब्यस्त हुदा स्थानीयको गुनासो आउने गरेको छ , यसर्थ काम गर्दा कम्तिमा पनि स्थानीय सरकार सङ समन्वय हुनु पर्ने हो , त्यो नहुदा धेरै समस्या देखिएको छ । ” भोजपुर नगरपालिकाको १२ ओटा वडामानै बिधुत पुगेको भए पनि केही वडाका सबै घरपरिवारमा पुग्न केही समय लाग्ने भोजपुर नगरपालिकाका उप प्रमुख ममिता राइले जानकारी दिनुभयो । विभिन्न स्थानिय तहमा समेत केही ठाउमा अझै बिधुत पुग्न सकेको छैन ।
स्थानीय तहले पनि सबै ठाउमा बिधुत बिस्तार गर्ने लक्षका साथ योजना बनाएकार काम अगाडि बढाएको जनाएका छन । नेपाल बिधुत प्राधिकरण भोजपुर बितरण केन्द्रका अनुसार भोजपुरमा हाल सम्म ४७ प्रतिशत जनता बिधुतको पहुँचमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *