. ट्याम्केमैयुङ गाउँपालिकाको ८ नम्बर गोगने उज्यालो वडा घोषणा::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक ६ गते , बिहिबार

ट्याम्केमैयुङ गाउँपालिकाको ८ नम्बर गोगने उज्यालो वडा घोषणा


भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका ८ नम्बर वडा गोगने उज्यालो वडा घोषणा भएको छ । गाउँपालिका र नेपाल बिधुत प्राधिकरण भोजपुर बितरण केन्द्रको समन्वयमा गाउँपालिका भित्र बिधुत सेवा पुगे पछि वडालाइ उज्यालो वडा घोषणा गरिएको हो । गाउँपालिकाको ९ वटा वडा मध्य ३ वटा वडा उज्यालो वडा घोषणा भैसकेको छ ।

विद्युतिकारणको कार्य सकिएर बिधुत बल्न थाले पछि भोजपुरको पश्चिममा रहेको ट्याम्केमैयुङ गाउँपालिका भित्रका वडालाइ उज्यालो वडा घोषणा गर्न सुरु गरिएको छ ।
गाउँपालिकाको -४ नम्बर नागिमा २ सय ५० घर धुरी ,वडा नम्बर -६ कोटमा ३ सय ५० घर धुरी , वडा नम्बर -७ कोटमा ३सय ७५ घर धुरिमा बिधुत सेवा पुगेपछी उज्यालो वडा घोषणा गरिएको हो । गाउँपालिकाको पहलमा ट्याम्केमयुङ गाउँपालिका क्षेत्रमा बिधुतिकरण कार्य भइ रहेको नेपाल बिधुत कार्यलय भोजपुर शाखा बितरण केन्द्रले जनाएको छ ।

गाउँपालिकाले बिधुत प्राधिकरणको समन्वयमा आफ्नो क्षेत्र छोटो समयमा बिधुतिकरण गरेर सेवा सुचारु गर्न सफल भएको गाउपालिकाका अध्यक्ष ध्रुब राइले जानकारी दिनु भयो । अध्यक्ष राइले भन्नू भयो ,”बिधुतिकरणलाइ गाउँपालिकाले पहिलो प्राथामिकतामा राखेर काम गरियो जस्को कारण ,बिधुतिकरण कार्य बाट सबैले उज्यालो पाए ।”

नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र भोजपुरका प्रमुख रबिन बाबू घिमिरेले ट्याम्केमैयुङ गाउँपालिकाले आफ्नै लगानिमा बिधुतिकरण सामाग्री खरिद गर्नु र प्राधिकरणको समन्वयमा गरेको बिधुतिकरण कार्य सफल भएको बताउनु भयो ।

गाउँपालिकाको स्थानीय खोला बाट निकालिएको बिधुत समेत सुचारु गरिएकोले सो वडाको सबै वडामा बिधुत सेवा पुगेको छ भने प्राधिकरण बाट मात्र ट्याम्केमैयुङ गाउँपालिका करिब ८६ प्रतिशत काम सप्पन्न भएको छ ।

 431 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

भोजपुरमा शनिबार थप १९ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

ओलिलाइ चारै तिर बाट घेराबन्दी ,के यसपाली सत्ता संकट टर्ला त?

प्रकाशित मिती : २०७७ चैत्र ३ गते , मंगलबार

शुक्रवार प्रदेश १ को कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: