. प्रहरिले सहुलियत रुपमा घर बनाउन ऋण पाउने::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

प्रहरिले सहुलियत रुपमा घर बनाउन ऋण पाउने


सरकारले ब्यबस्था गरेपनी प्रहरी नेतृत्वले आफ्ना कर्मचारीलाई केही सुबिधा थपेको छ। कल्याण कोष मार्फत प्रहरीका सुबिधा थप गरिएको छ। सहुलियत घर कर्जा, सन्ततिकालागी उच्च शिक्षा तथा किस्ताबन्दीमा ब्याज घटाईएको छ। घर बनाउन चाहिने प्रहरीले कल्याणकारी कोषबाट सौलियत पुर्ण कर्जा पाउने भएका छन । कोषबाट पहिलो पट्क घर कर्जा दिन लागेको हो । केन्द्रिय प्रहरी प्रभक्ता एसएसपी कुबेर कडायतका अनुसार तल्लो तहका कर्मचारीको जिबनयापन सहज बनाउन परिचर देखि प्रहरि नायब निरीक्षक सहि सम्मका लागि घर कर्जा उपलब्ध गराउन लागेको हो । कोष संचालक समितिको हालै सप्पन्न बैठकले त्यस सम्बन्धि बैठक गरेको हो ।

` नेपाल प्रहरिले आफ्ना कर्मचारिलाइ पहिलो पट्क घर कर्जा उपलब्ध गराउने भएको छ ,´ उनी भन्छन,यश बर्षको कल्याणकारी कोषले त्यसको लागि २५ करोड रुपैया छुट्टाइ सकेको छ । ´बिना धितो प्रवाह हुने यस्तो कर्जा बार्षिक ६ प्रतिशत ब्याजदरमा एक जनाले अधिकतम ६ लाख रुपैया पाउने छ्न । तर एक बर्षमा बढीमा ४ हजार १६ जना प्रहरीले घर कर्जा पाउने भएका छ्न ।

यो सुबिधा प्रयाप्त भने छैन ।निनकी ,नेपाल प्रहरिमा कार्यलय सयोगीनै ३ हजार ३१ जना छन । यस्तै,जवानमा ४६ हजार २ सय १९ र हवलदारमा १४ हजार ९ सय ८९ जना छन । सायक निरीक्षक असही ७ हजार ७ सय ८५ र नायब निरीक्षक सहि ४ हजार २ सय ९६ जना छ्न । परिचर देखि सहि सम्मका ७६ हजार ३ सय २० कर्मचारी मध्य १ बर्षमा ४ सय १६ जनाले मात्र यो सुबिधा पाउने छ्न ।` धेरै संख्यामा माग आएमा जेष्ठताको आधारमा निर्णय हुने छ ,´एससपी कडायत भन्छन ।

उनका अनुसार घर कर्जा सम्बन्धि मापदण्ड पनि तयार गरेर सबै प्रहरी कर्यलयमा परिपत्र गर्दै आबेदन गरिएको छ। कल्याण कोषले प्राथमिकताका आधारमा कर्जाकालागी नक्सा पाससम्बन्धि कागज पत्र प्रमाणित गरेर बुझाउनुपर्नेछ । डिपिसी गरे पछि तीन लाख एक तला ढलान गरे पछि बाकी तीन लाख उपलब्ध हुने छ ,´एससपी कठायतले भने घर बनाउने त्यारिमा रहेका प्रहरिलाइ यसले ठूलो राहात मिल्ने अपेक्षा छ ।´

उच्च शिक्षाको लागि कर्जा
यस्तै ,बाहालवाला यस्तै पुर्ब प्रहरिका सन्ततिलाइ उच्छ शिक्षा अध्यन्को लागि पनि सहुलियत कर्जा दिने प्रक्रिया पनि अगाडि बढेको छ । यसका लागि बैंकहरु सङ सगकार्य गरिने प्रभक्ता कडायतको भनाइछ । पहिलो पटक पुर्ब प्रहरिले पनि उनिहरुको पेन्सन पट्टाको आधारमा कर्जा उपलब्ध लगाउन लागिएको हो ।

यश सम्बन्धि मापदण्ड छलफलकै क्रममा छ । यस्तो कर्जा पनि सहि सम्मका प्रहरिलाइ दिने ब्यबस्था छ ।पुर्ब प्रहरीबाट कोषमा आफू हरुको ठूलो योग्दान रहेको ,तर कुनै सुबिधा प्राप्त नभएको गुनासो आएपछि उनिहरुलाइ पनि सुबिधा थप्न लागिएको प्रहरी प्रधान कार्यलय कल्याण माहा शाखाका एक प्रहरी अधिकारिले जानकारी दिए ।

किस्ता बन्दिको ब्याज घट्यो
कल्याण माहासाखाले किस्ता बन्दीको सहुलियत ऋणको ब्याज घटाउने निर्णय गरेको छ । महासाखाले हाल्का सबारिसाधन कार ,जिप,मोटरसाइकल ,फ्रीज ,इन्भटर ,ल्यापटप ,सोलार,वासिङमेशिन ,डेन्ट्मिल र माइक्रो ओभन खरिद्को लागि ऋण दिदै आएको छ ।

गाडी र मोटरसाइकल खरिदमा यश अघि सात प्रतिशत ब्याज लिने गरिएको थियोे । त्यसलाई घटाएर ६ प्रतिशत बनाएको छ। यस्तै अन्य सामानको खरिदमा ७ प्रतिशत ब्याज रहेमा ५ प्रतिशत बनाएको छ। तलब बाट काट्ने गरि प्रहरीले आफ्ना कर्मचारीलाई किस्ताबन्दी ऋण प्रधान गर्दै आईरहेको छ।

प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले संगठन का १४ बुदे कार्ययोजना सार्बजनिक गर्दै कल्याणकारी योजना क्षेत्र र पहुच अभिबृती गर्ने बताएका थिए ।सोही योजना अनुरुप यसबर्ष कल्याणकारी कार्यक्रम थपिएको प्रहरी पदान कार्यलयले जनाएको छ । सेवा सुबिधा कम हुदा एका तर्फ प्रहरीमा जागिर प्रतिको आकर्षक घट्दो छ ,भने पेन्सन अबधी पुगे लगतै राजिनामा दिइएर अन्यत्र काम गर्न जाने प्रबिर्ती बढ्दो छ । सरकारबाट प्रहरिको सुबिधा बढाउन सयोग नभए पछि कल्याणकारी कोषबाट भए पनि केही सुबिधा थपेर कर्मचारिको मनोबल बढाउने प्रयास गरिरहेको प्रहरी महानिरीक्षक सचिवालयको एक धिकारी बताउछ्न ।

पछिल्लो तीन बर्षमा मात्र ७ ह्जार ७ सय १४ प्रहरिले राजिनामा दिइसकेका छन। आर्थिक बर्ष ०७४-७५ मा २ हजार ५ सय ६४ जनाले राजिनामा दिइएका थिए ।आब ०७५-७६ मा बढेर ३ हजार ७३ जनाले बिचैमा जागिर छाडे । यस्तै आव ०७६-७७ मा पनि २हजार ७७ जना प्रहरी सेवाबाट राजिनामा दिदै आलगिए । गत बर्ष प्रहरी अन्वेषण, योजना तथा बिकास निर्देशनालयले सिपाइ र हवल्दार को समस्या बुझन देश ब्यापी सर्बेक्षण गरेको थियो । त्यस क्रममा प्रहरिको तलब बाट परिवार पाल्न गाह्रो भएको र सेवा सुबिधा ज्यादै कम भएको गुनासो सर्बाधित आएको थियो ।

 447 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

बोलेरोको ठक्कर बाट एक पैदल यात्रीको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

मृगौला बेचबिखन गर्ने एक जना पक्राउ

प्रकाशित मिती : २०७८ बैसाख ३० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: