. भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस


भोजपुर २३ असोज
खुकुरीको लागि प्रसिद्ध जिल्ला भोजपुर भनेर हामी प्रशस्त रुपमा सामान्य ज्ञान् मा समेत पढ्न पाइछ । अझ बिध्यार्थी जिबनमा हाजिरी जवाफ हरुमा समेत प्रश्न पाइन्छ । खुकुरी फलाम तथा इस्तापाता बाट बनाइने यो अङ्ग्रेजीको अर्धचन्द्रकार आकारको धारिलो हतियार हो । जुन नेपालमा मात्रै र भोजपुरे खुकुरी भोजपुरमा मात्रै बनाइन्थो ।

हुनत आजकाल अन्य जिल्ला र देशहरुमा समेत यसको निर्माण गर्ने गरिन्छ जुन आर्थिक दृष्टिकोणले प्रभाब परेर गर्न थालिएको हो । अर्को प्रमुख प्रकारको खुकुरिलाइ सिरुपाते खुकुरी भनिन्छ जुन भोजपुरे खुकुरीको तुलनामा अलिक लाम्चो देखिन्छ ।

भोजपुर मै कसरी `खुकुरीले´ जन्म लियो तर यसको पछाडि तादाम्त्यता पनि छ । बि . स १८७२ मा नेपाल सरकारले नेपाल भरीलाई चाहिने धातुका पैसा काट्ने टक्सार भोजपुरको टक्सार भन्ने ठाउमा खोलेको थियो । त्यहा पैसा काट्ने काम मात्र नभएर स्थानिय किरात खास गरि सुनुवार जातिको पुज्य हतियार खुकुरी पनि व्यावसायिक रुपमा निर्माण गर्न थालियो । पछि यो हतियार पनि प्रसिद्ध हुन पुग्यो कि त्यसले देशका सेनाको अति आवाश्यकिय युद्ध हतियारको स्थान ग्रहण गर्न पुग्यो । आजको बिश्व सामु नेपाललाइ खुकिरिले समेत चिनाउछ । खुकुरी आज नेपालित्व प्रतीक बनेकाे छ । खुकुरिको नाम लिदा यसले हामी नेपाली हरुलाइ एकताको भावनात्मक सुत्रमा बाध्छ ।

यो पनि पढ्नु होस
पुर्बी पहाडी जिल्ला भोजपुर बिकासको हिसाबले धेरै पछाडी परेको जिल्ला हो । भोजपुर जिल्लामा २ नगरपालिका सहित ७ नगरपालिकामा बिभाजित छ । प्रतिनिधि क्षेत्र १ भएता पनि यहाँ विभिन्न जातिहरुको बसोबास रहेको छ ,क्षेत्री बाह्मण ,राई ,मगर ,गुरुङ ,शेर्पा जातिहरु प्रमुख जातिमा रहेका छ्न ।यस्तै प्रमुख भाषा नेपाली र राई रहेको छ । मानव बिकास सुचाङ्क ७७ जिल्ला मध्य ३२ स्थानमा रहेको छ ।

भोजपुर जिल्लाको कुल क्षेत्रफल १५०७ बर्गकिलोमिटर छ ,औसत लम्बाइ ९३ किलोमीटर उत्तर ,दक्षिण यस्तै औषत चौडाइ ३५ किलोमीटर पुर्ब – पश्चिम रहेको छ ।
भोजपुर जिल्लाको पर्यट्किय क्षेत्रको रुपमा पैदल पदयात्राको लागि जिल्लाको सबै भन्दा स्थान सिलिचुङ ४ हजार १ सय ५३ मिटर उचाइमा अबस्थित छ ,भने सबै भन्दा होचो स्थान सोही जिल्लाको हसनपुर १ सय ५३ मिटरमा अबस्थित छ ,भोजपुर सदरमुकाम १५४० मिटरमा अबस्थित छ ।

 204 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: