. भो.न.पा.११आम्तेक पितौलामा बाहिरी जिल्ला बाट प्रबेश गर्नको लागि अनिवार्य पिसिआर रिपोर्ट चाहिने::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १६ गते , शुक्रबार

भो.न.पा.११आम्तेक पितौलामा बाहिरी जिल्ला बाट प्रबेश गर्नको लागि अनिवार्य पिसिआर रिपोर्ट चाहिने


भोजपुर असोज १६

भोजपुर नगरपालिका ११ आम्तेक पितौलामा आज देखि कोरोना संक्रमणको बढ्दो कारणले गर्दा सन्क्रमित क्षेत्र अनि छिमेकी जिल्ला हरु धनकुटा ,मोरङ,सुनसरी,काठमाडौ जस्ता विभिन्न जिल्लाहरु बाट आउने मानिसको दसैं बढे संगै कोरोनाको त्रास बढेकोले पितैला टोलमा अनिबार्य पिसिआर रिपोर्ट गरि १४ दिन सम्म अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्ने निर्णय भएको हो ।
चाड पर्व दसै नजिकिए संगै विभिन्न जिल्लामा बढ्दो कोरोना भाइरसको कारण अत्याधिक संक्रमण भएकोले गर्दा त्यहा अस्थायी बसोबास गर्दै आएका र चाड पर्व मनाउन आफन्त माइत मावलमा आउने क्रम तिर्ब हुने भएकोले १८ सदस्य समिती गठन गरि कोरोना रोकथाम तथा सजकता हुन बारे समिती गठन गरिएको हो । उक्त समिति बाहिर बाट आएका मानिसहरु होम क्वारेन्टाइनमा बसेको नबसेको कुन तरिका बाट बसोबास गर्छन भनी अनुगमन गर्ने छ्न ।

वडा सदस्य श्री विश्वनाथ पराजुली को अध्यक्षतामा आम मानिसहरुको उपस्थितिमा कोरोना रोकथान तथा सचेतना सम्बन्धि छलफल गरि सर्बसम्मत निर्णय भएको हो । यस्तै समितीको अध्यक्षतामा शंकर दहाल सदस्य हरु दिपेन्द्र लुइँटेल ,कमल प्रसाद फुयल ,मनिराज तामाङ ,तिर्थ बाहादुर तामाङ ,कुमार तामाङ ,मोहन ढकाल,रत्न बाहादुर तामाङ ,जय कुमार तामाङ ,बालकृष्ण तामाङ ,मोहन कुमार भुजेल ,रुपक पराजुली ,दिपक फुयाल ,शान्त बहादुर सुयल ,बुद्धराज तामाङ ,रोशन फुयाल ,सुर्यप्रसाद बजगाइ,धन कुमार तामाङ लगाएतको समूह निर्माण भएको हो ।
बाहिरी जिल्ला बाट आएका मानिस आम्तेकका वडा अध्यक्ष श्री असोक राई वडा सदस्य बिश्वनाथ पराजुलि लगायतका ब्याक्तिले सोही गाउका एक जना मानिसलाइ होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर पठाएको थियो तर नेपाल सरकारले तोकेको मापदण्ड बिपरित बसेको र उक्त ब्याक्ती घाँस काट्न , घरायसी काम जस्ता विविध काममा गएको र जनप्रतिनिधि ,समाजसेवी ,बुद्धिजीवी लगायतको ब्याक्तिले समेत सम्झाउदा बुझाउदा समेत अटेर गर्ने भएकोले अब आउने दिनमा यस्तो नहोस भनी उक्त निर्णय गरिएको हो।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

प्रहरिले सहुलियत रुपमा घर बनाउन ऋण पाउने

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

धनकुटामा थपिए एकै दिन ८४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

धरानमा बन्दाकर्ता र मजदुर बिच झडप

प्रकाशित मिती : २०७७ माघ २२ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: