. यश बर्ष दसैंको टिकाको साइत बिहान १० बजेर १९ मिनेटमा शुभ साइत भए संगै विभिन्न देशमा फरक फरक समय::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक २ गते , आइतबार

यश बर्ष दसैंको टिकाको साइत बिहान १० बजेर १९ मिनेटमा शुभ साइत भए संगै विभिन्न देशमा फरक फरक समय


भोजपुर कात्तिक २
२०७७ सालको बडा दशै अन्तर्राष्ट्रिय पञ्चाङ्क निर्णय समितिले यश बर्षको टीका बिश्वको विभिन्न देशमा बिजय दशमिको टिकाको साइत सार्बजनिक गरेको छ ।

समितिको बैठक नेपालको काठमाडौका लागि कात्तिक १० गते बिहान १० बजे र १९ मिनेट्को साइत उताम रहेको जनाएको छ । यसै गरि भारतको डिल्लीमा बिहान १० बजेर ३५ मिनेट , अ्मेरिकाको न्युयोर्कमा अक्टोबर २५अर्थात कातिक ९ गते बिहान ११ बजेर ५ मिनेट ,केन्टुकिमाअ बिहान ११ बजेर ७ मिनेट ,टेक्सासमा बिहान ११ बजेर ५७ मिनेट र क्यालिफोर्नियामा ११ बजेर ४५ मिनेटको साइत दिइएको समितिका अध्यक्ष प्रा डा माधब भाट्टराइले बताउनु भयो ।

यसै गरि बेलायतको लण्डनका लागि ११ बजेर ३९ मिनेट ,क्यानडाको टोरन्टोका लागि बिहान ११ बजेर ४३ मिनेट,पोर्चुगलको लिस्बनका लागि बिहान ११ बजेर ३७ मिनेट र फ्रान्सको पेरोसका लागि बिहान ११ बजेर ४१ मिनेटमा बिजय दशमिको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ । यी सहरमा पनि अक्टोबर २५ तारिखका दिन बिजय दशमी पर्व मनाइछ ।

जपानको टोकियोमा अक्टोबर २६ तारीखका दिन बिहान ११ बजेर ३५ मिनेट ,अस्ट्रेलियाको सिड्निमा बिहान ९ बजेर ४३ मिनेट ,अस्टे्रलियाकै मेलबर्न शहरमा बिहान ९ बजेर ५३ मिनेट ,अस्टे्रलियाकै ब्रीसबेनमा बिहान ९ बजेर ५१ मिनेट ,मलेसियाको क्वालालम्पुरमा बिहान १० बजेर ३५ मिनेट ,सयुक्त अरब इमिरेटसक्क अबुधाबिमा बिहान १० बजेर ४३ मिनेट ,कतारको दोहामा बिहान १० बजेर २१ मिनेट ,थाइल्यान्डको बैङककमा बिहान १० बजेर ३३ मिनेट ,दक्षिण कोरियाको सोलमा बिहान १० बजेर २७ मिनेट ,इजरायलको तेल अभिभमा बिहान १० बजेर ३७ मिनेट ,सिंङ्गापुरमा बिहार १० बजेर ४१ मिनेट ,साउदी अरबमा बिहान १० बजेर २५ मिनेट ,न्युजिल्यान्डको वेलिङ्टनमा बिहान १० बजेर १५ मिनेटको समयमा टिक लगाउन उत्तम साइत रहेको जनाएको छ ।यी शहरमा पनि अक्टोबर २६ तारिखकै दिन बिजय दशमि मनाउनु पर्ने समितिले जनाएको छ ।

विभिन्न देशमा फैलिएका नेपाली एब वैदिक सनातन धर्मावलम्बीले दशैको टीका लगाउन शुभसाइत माग्न थालेपछी समितिले ती देशका स्थानीय समय अनुसार शुभ हुने बेलामा साइत दिइएको जनाएको छ । बिश्व जोतिस महासङ्घले समिती गठन गरेको हो । नेपाल पञ्चाग्क निर्णायक समितिले यश अघि नै नेपालका लागि दशैका विभिन्न साइत सार्बजनिक गरिसकेको छ।

 397 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

भर्‍याङ बाट लडेर एक युवाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

धनकुटामा ३१ दिनको फरकमा एक्कै परिवारका ३ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

आगो ताप्ने क्रममा जलेर ८८ बर्षिया वृद्धाको मृत्यु

प्रकाशित मिती : २०७७ माघ १८ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: