. कोरोनाको जोखिमको कारण मुस्ताङबासीलाई कष्ठकर बन्दै::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर ९ गते , मंगलबार

कोरोनाको जोखिमको कारण मुस्ताङबासीलाई कष्ठकर बन्दै


बिगतका बर्षहरुमा कात्तिकको सुरुवात संगै जाडो छल्न न्यानो स्थानतिर सर्ने मुस्ताङ बासिहरुले भने मंसिरको पहिलो साता बितिसक्दा पनि न्यानो क्षेत्र तर्फ झर्न सकेका छैन्न । जाडो याममा हिलालपारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र पुरै खाली हुने र तल्लो भेगका मानिसहरु पनि कमै मात्रामा बसोबास गरेको र यश बर्ष कोरोना भाइरसको कारण पुरै जीवन कष्ठकर बन्दै छ ।
बिगतमा कातिक देखि बेसि झर्न थालेका मुस्ताङ बासी फागुनमा घर फर्कन्थे ,तर अहिले कोरोना भाइरसको संक्रमणको कारण उनिहरु आफ्नो घर नछाड्ने मनस्थितिमा पुगेको उपल्लो मुस्ताङको बासिन्दा लोमन्थान बासिन्दा एव गण्डकी प्रदेश सांसद इन्द्र बिष्टले बताउनु भयो । उहाँ भन्नू हुन्छ ,”कहिले पनि चिसो याममा आफ्नो ठाउमा नबसेका हरुपनी यश पटक भने कोरोना जोखिमलाई ध्यानमा राखेर स्थानिय बासिले सोछ बनाएका छ्न ।

“बिष्ठका अनुसार बिगतका बर्षमा यो समय आइपुग्दा उपल्लो मुस्ताङमा १० प्रतिशत हाराहारी मात्र मानिसहरु हुने गरेको भए पनि अहिले भने कोहि पनि तल आएका छैनन ।
“हाल सम्म लोमान्थाङ गाउपालिका भित्रको अवस्था हेर्दा पोखरा काठमाडौ तिर आफ्नै घर हुने हरु केही मात्र झरेका छन तर अन्य झरेका छैनन, “लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत घनश्याम सुवेदी बताउनु हुन्छ । निक्कै लामो समय कोरोना भाइरस को संक्रमणको कारण हेर्ने हो भने गण्डकी प्रदेशको मुस्ताङ ‘ग्रीन जोनमा ‘रहेर एक मात्र जिल्ला थियो तर पछिल्लो तथ्यांक भने मुस्ताङको कारागार कैदिहरु दुइजना सहित १० महिला र १६ पुरुष सहित २६ जना सक्रिय संक्रमीत रहेका छन । मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेबी पैडेलले जानकारी दिनु भयो ।

प्रजिअ पौडेल भन्नू हुन्छ ,”कोरोनाको कारण जोखिम हुने डरले गर्दा जाडो छल्नका लागि स्थानिय अन्यत्र गएका छैन्न । अहिले सदरमुकाम जोमसोममा रातिको समयमा माइनस ५ डिग्री सम्म पुगेको छ । उपल्लो भेगका मुस्ताङ हिउदका चार महिना जाडो छल्ने समय मात्र हैन ,हिमाली उत्पादन बेचेर खाद्यन जोहो गर्ने गतिलो अवशर हो । त्यहा जौ ,उहाँ,फापर र केही तरकारी बाहेक अरु केही हुदैन । चौरी ,भेडा ,च्याङ्रग्रा पालेर जिबिको पार्जन गर्दै आएका उनको जीवन हिउदमा थप कष्ठप्रद हुन्छ ।

 98 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: