. यस बर्ष तिहार भाइटिकाको उत्तम साहित कतिबेला छ ? हेर्नुहोला::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

यस बर्ष तिहार भाइटिकाको उत्तम साहित कतिबेला छ ? हेर्नुहोला


भोजपुर कात्तिक २४- नेपाल पञ्चाङ्ग निर्णय समितिले यश बर्ष भाइटिकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा उत्तम साइत रहेको बताएको छ । मध्यकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेको लागि मकर लग्न,वृष नवमान्श अभिजित मुर्तको साइत दिइएको छ ।

राज्य संचालकले भने साइतमै टीका लगाउनु पर्ने र सर्बसाधरणका लागि मध्यकालीन समयमा टीका लगाउन कुनै समस्या नरहेको अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिनु भयो ।
यश बर्ष यमापन्चक कात्तिक २७ गते देखि सुरु हुन्छ त्यस दिन देखि यमदिप दान सुरु गरिन्छ ।
कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरी ,जयन्ती धन त्रियोदशी र धनतेरस पर्व पनि यसैदिन परेको छ ।

कात्तिक २९ गते बिहान नरक स्नान सहित कुकुर तिहार र लक्ष्मी पुजा बेलुका परेको छ । अपराह्न १:४९ बजे सम्म कात्तिक कृष्ण चतुर्दशी र त्यस पछि औशी तिथि लाग्ने भएको ले शास्त्र सम्मत रुपमा पर्व सम्बन्धि निर्णय गरिएको समितिले जनाएको छ ।

सायंकालमा औशी तिथि परेको दिन लक्ष्मी पुजा गर्नु पर्ने शास्त्रीय वचन छ । औंसि तिथिमा गरिने स्नान दान भने कार्तिक ३० गते बिहान गर्नुपर्ने छ ।

गाई, गोरु र आत्मा (म्ह) पुजा भने कार्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कार्तिक शुक्ल प्रतिपदाको सायङ्कालमा आत्मपुजा गर्नुपर्ने ´कृत्यवाटिका` नामक ग्रन्थमा उल्लेख गरिएको छ ।

आइतबार बिहान ११:२७ बजेसम्म औंसि तिथि छ । त्यसपछी कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपुजा यसै दिन गर्नुपर्ने छ । म्हपुजा विशेष गरि नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वकृत दिने तीन पात्रो ९पञ्चाङ्ग नेवार सामुदायका पञ्चाङ्गकारले पनि कातिक ३० गतेनै म्हपुजा गर्ने बिषय आफ्ना पञ्चाङ्ग(पात्रोमा ) उल्लेख भएको छ ।

भाइटिकाकै दिन यश बर्ष नेपाल संवत अनुसार नयाँ बर्ष मनाउनु पर्ने पनि समितिले जनाएको छ ।
प्रतिपदाको दिन सुर्योदय भएकै दिन नयाँ बर्ष मनाउनु पर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले बताए । यसै दिन नेपाल संवत् ११४१ सुरु हुन्छ । शास्त्रीय बिधिअनुसार भाइपुजा वा किजा पुजा पनि मंसिर १ गतेनै मनाइन्छ मंसिर २ गते बिहान ७:०४ बजे सम्म मात्र द्दितिया तिथि छ ।

शास्त्रीय वचन अनुसार मध्यकालमानै भाइटीका लगाइन्छ । यसैले मङ्सिर १ गते नै भाईटिका लगाउन शास्त्र सम्मत हुने समितिको ठहर छ । नेवर समुदायका केही समुहले भने मङ्सिर २ गते भाईटिका लगाउने समाचार सर्बजनिक गरेका थिए ।

मङ्सिर महिनामा भाईटिका परेकाले दाईलाई टीका लगाउनु हुदैन भनी केही मानिसले चर्चा गरेपनी त्यो शास्त्रमा सिमित नरहेको जनाएको छ ।

शास्त्रीय ग्रन्थमा भात्तृपुगा भन्ने शव्द उल्लेख गरिएको र त्यस् सब्दले दाजुभाइ दुबैमा बुझाउने अध्यक्ष गौतमको भनाइ छ । भाइटिका भनिएपनी ज्यष्ठको क्रमानुसारनै टिका टाला गर्नु शास्त्र सम्मत हुने समितिले जनाएको छ ।

प्रत्येक बर्ष कार्तिम कृष्ण त्रयोदशि देखि कार्तिक शुक्ल दित्तियसम्म यमपञ्चक मनाइन्छ । तिहारमा कार्तिक कृष्ण त्रयोदशीको साझदेखी कार्तिक शुक्ल दित्तियको साझ सम्म यम दिप दान गरिन्छ ।

यमदिप दान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यश अबसरमा यमदिप दान गरे यमयतनाबाट मुक्ती पाईने शास्त्रीय मान्यता रहेको छ ।

काग र कुकुरलाई पनि यमदुतका रुपमा मिठा परिकार खाना दिएर खुसी बनाउने बौदिक परामपरा छ । जसबाट यमालोकमा सहयोग हुने बिश्वास गरिन्छ । रासस

 338 total views,  2 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आज नेपाली काङ्ग्रेसको बैठक बस्दै

प्रकाशित मिती : २०७७ फागुण २१ गते , शुक्रबार

बिहिवार देखि ३ दिन सम्म वर्षा र हिमपात हुने

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

महिला हत्या कसुरमा एक युवालाई जन्मकैदको फैसला

प्रकाशित मिती : २०७७ मंसिर २२ गते , सोमबार

सिफारिस

मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ

प्रकाशित मिती : २०७७ पुष १९ गते , आइतबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

बाख्रा चराउन गएका बालक भिर बाट लडेर मृत्यु

प्रकाशित मिती : २०७८ असार २१ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: