. कोरिया जान रोकिएको प्रक्रिया तत्काल सुरुहुदै ,रोस्टरको अवधी ६ महिना थपिने::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर १८ गते , बिहिबार

कोरिया जान रोकिएको प्रक्रिया तत्काल सुरुहुदै ,रोस्टरको अवधी ६ महिना थपिने


कोरोना भाइरस महामारीको कारण कोरिया भाषा पास गरेर कोरिया जान रोकियको काम पुन : संचालनमा ल्याइ कोरिया कोरिया लाने प्रकृया छिट्टैनै सुरुहुने भएको छ । यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई बर्ष रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय भएको छ ।

कोभिड -१९ को कारण प्रभासिलाइ कोरिया प्रबेशमा कडाइ र नेपालको लकडाउन संगै रोजगार अनुमती प्रणाली इपियस माध्यम बाट कोरिया आउनेको सम्पुर्ण काम समेत स्थगित भएको छ ।

हिजो प्रभासी श्रमिक युनियन (एमटियु) र केसितियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रबासी श्रमिक बिभागका निर्देशनलगाएतसङ कोरियामा इपियस अन्तरगत प्रबासी श्रमिकका बारेमा छलफल तथा रोकिएका सम्पुर्ण प्रक्रिया संचालन गरि कोरोना महामारिको कारण प्रवेश रोक लगाएको श्रमिक प्रबेश गराउने बारे छलफल भएको थियो ।

छलफल पश्चात् छ महिना रोश्टर अवधी बढाउने र रोकिएका प्रक्रिया पुन : संचालन गरि प्रवासी मजदुर ल्याउन पहल गरिने निणय भएको एमटियु अध्यक्ष उदय राइले बताए । छलफलले एमटियु कोरिया आउन रोकिएका प्रवासी श्रमिकलाइ चाडो ल्याउने ब्यबस्था गर्नुपर्ने ,श्रमिक बिदामा गएको समयमा कम्पनी मालिकले सम्झौता रद्द गर्न नमिल्ने ,श्रमिकलाइ गरिएको शोषणलाई रोक लगाउनु पर्ने कुरामा जोड दिएको थियो ।

छलाफलमा उपस्थित मन्त्रालयका अधिकारिहरुले कोरोना महामारीको कारण गत मार्छ महिना देखि नयाँ प्रवासी मजदुर ल्याउन बन्द गरेकोमा गत महिना देखि कम्बोडिया बाट ल्याउन सुरु गरिएको बताए । अब छिट्टै नेपाल लगाएत अरु देशबाट पनि ल्याउने ब्यवस्था मिलाइने र अवधी सकिन लागेको श्रमिकको छ महिना अवधी थप गरिने कुरा बताए ।

सन २०२०को ५६ हजार कोटा मध्य ३३१०० जनाको अनुमति पत्र जारी गरिएको थियो भने अक्टोबर सम्ममा ६ हजार ७४ जना मात्र नयाँ प्रवासी कोरिया प्रबेश गरेका छन ।

 92 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: