जन्ती बोकेको बस दुर्घटना ७ जना घाइते

समाचार

मोरङको कानेपोखरी भाउन्ने सडक खण्डमा टिप्पर र जन्ती बोकेको बस एक आपसमा ठक्कर खादा ७ जना घाइते भएका छन ।

पुर्ब बाट पश्चिम जादै गरेको टिप्पर र पश्चिम बाट जन्ती बोकेर पुर्ब जाँदै गरेको बस एक आपसमा ठोकिदा सो दुर्घटना भएको हो । पुर्ब बाट पश्चिम जाँदै गरेको २१ प ९२०३ नम्बरको स्कुटरलाइ बचाउन खोज्दा ना ७ ख ४४ टिप्पर र प्र १-००१ ख ८१११ नम्बरको बस जुदेको हो ।
घाइते हुनेमा बसमा सवार जन्ती रहेका छन । स्कुटर चालक समेत घाइते भएका छन। बसको अगाडी बसेका अधिकाश जन्ती घाइते भएका छन । घाइते हुनेमा पाचथर कुम्मायक बस्ने तटबहादुर घिमिरे सोही ठाउका राम बहादुर कार्की,झापा कमल गाउँपालिकाका चित बहादुर बोहोरालाइ उपचारको लागि दमक आम्दा अस्पतालमा पठाइएको बेलबारी प्रहरी असही राजन खडकाले जानकारी दिनु भयो ।

बस चालक राजन बास्तोलाको बेलबारिमा सामान्य उपचार पछि डिस्चार्ज गरिएको छ भने स्कुटर चालक बेलबारिका सुवास राइलाइ उपचारको लागि बेलबारिकै नोबेल अस्पताल पठाइएको छ ।

 84 total views,  2 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *