. माध्यामिक शिक्षा परिषद (एसइइ)समाबेस हुनको लागि रजिष्ट्रेसन र आवेदन फारम खुल्यो::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष १५ गते , बुधबार

माध्यामिक शिक्षा परिषद (एसइइ)समाबेस हुनको लागि रजिष्ट्रेसन र आवेदन फारम खुल्यो


राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले रजिष्ट्रेसन र आवेदन फाराम खुला गरेको छ ।
पनिकाका अनुसार कक्षा ९ मा रजिष्ट्रेसन फाराम र कक्षा १० मा आवेदन फाराम भर्न खुला गरिएको हो ।परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार पुस १६ देखि आगामी माघ २१ गतेसम्ममा विद्यालयहरुले विद्यार्थीको रजिष्ट्रेसन र आवेदन फाराम भराइसक्नुपर्ने छ ।

“भरिएको फारामलाई विद्यालयले आगामी माघ मसान्तभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा बुझाइसक्नुपर्नेछ” उनले भने । रजिष्ट्रेसनका लागि प्रतिविद्यार्थी तीन सय रुपियाँ र आवेदन फारामका लागि पाँच सय रुपियाँ कायम गरिएको छ । विगतको भन्दा करिव साढे तीन महिना ढिला गरी फाराम खुलाइएको छ ।

यस वर्षको एसईई कसले सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन । पनिकाले यस बारेमा छिटो छिनोफानो गरिदिन राष्ट्रिय परीक्षा बोर्डसमक्ष आग्रह गरेको थियो । बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई यस बारेमा निर्णय गरिदिन अनुरोग गरेको छ । पनिकाले गत २०७६ सालको जस्तै विद्यालय आफैले मूल्याङ्कन गर्ने हो वा प्रदेशले परीक्षा सञ्चालन गर्ने वा पनिकाले नै परीक्षा सञ्चालन गरेर मूल्याङ्कन गर्ने भन्नेमा स्पष्टता खोजेको छ । त्यसैले पनिकाले अझैसम्म प्रश्नपत्र तयारीसम्बन्धी कुनै पनि कार्य अगाडि बढाएको छैन ।

परीक्षा नियन्त्रक खकुरेलले परीक्षा सञ्चालन गर्ने निकाय र विधिका बारेमा पछि टुङ्गो लागे पनि अहिले रजिष्ट्रेसन र आवेदन फाराम भराउने निर्णय भएको तथा यसरी भरिएका फाराम पछि जसले परीक्षा सञ्चालन गरे पनि काम लाग्ने बताए ।

 401 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

श्रीमतिको हत्याको आरोपमा श्रीमान पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

एक्कै परिवारका ४६ जना बाबुको क्रिया गर्दै

प्रकाशित मिती : २०७८ श्रावण १९ गते , मंगलबार

भोजपुरमा पछिल्लो २४ घण्टामा थप २२ जनामा संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

खोटाङमा आफ्नै दाजुको हत्यामा २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

सिफारिस

संखुवासभामा बुद्ध एयरको एटिआर ४२ को ४७ सिट क्षमताको उडान सुरु

प्रकाशित मिती : २०७८ बैसाख १९ गते , आइतबार

सर्वोच्च अदालतद्वारा संवैधानिक इजलास गठन

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

लागू औषध अफिम सहित संखुवासभाका एक बृद्व पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ३० गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: