सबै प्रकारका सवारी चालक अनुमतीपत्रका लागी देशभर अनलाइन फारम खुल्यो

समाचार

भोजपुर पुस १४ मंगलबार

९ महिना पछि सवारी साधन अनुमती पत्रका लागि अन्लाइन फारम खुल्ला भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैत महिना देखि सवारी साधन अनुमति पत्र फारम र प्रयोगात्मक परीक्षा बन्द भएको थियो ।

यसैगरि लकडाउन लकडाउन अगाडी ट्रायल दिन नपाएका परिक्षार्थिलाइ बिभागले चाडै सम्बोधन गरि ट्रायल लिने जनाएको छ । उपत्यकाका ४ सहित देश भरी बिभागका १७ कार्यलयबाट अनुमती पत्र बितरण ,नबिकरण गरिदै आएको छ ।

स्वास्थ सुरक्षाका सबै मापदण्ड अपनाएर मंगलबार बाट देश भरिनै सवारी चालक अनुमती पत्रकालागी अनलाइन फारम खुल्ला गरिएको यातायात बिभागका निर्देशक डा.लोखनाथ भुसालले जानकारी दिनु भयो । “साना तथा ठुला सबै प्रकारका सवारिको लागि आज बाट अनलाइन फारम खुल्ला गरिएको छ ,`निर्देशक भुसालले भने रोकिएको सवारी चालक अनुमती पत्रको फारम खुल्ला भए संगै अब लिखित र प्रयोगात्मक परिक्षा र ट्रायल नियमित हुने छ ।

हाल मोटरसाइकलमा दैनिक १०० स्कुटर र चारपाङ्ग्रेमा ५०÷५० गरि कुल २०० ले अनलाइन फारम दिन पाउने ब्यब्स्था गरिएको छ । यस्तै लिखित परिक्षा पास गरेका परिक्षार्थिले अब १८ महिना सम्म ट्रायल दिन पाउने भएका छन । लकडाउनका कारण लिखित परिक्षा पास भएर ट्रायल दिन नपाएका र पहिलो पल्ट ट्रायलमा फेल भएका परिक्षार्थिलाइ फाइदा हुने गरि यो नियम जारी गरिने भएको हो ।

 65 total views,  3 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *