. सुनसरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ ४ गते , आइतबार

सुनसरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु


सुनसरीमा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारि दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । प्रहरिका अनुसार धरान -इटहरी सडक खण्डमा र बराहक्षेत्र नगरपालिकाको रानी खोला सडक खण्डमा दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

धरानको इटहरी सडक खण्डमा धरान बाट इटहरी जाँदै गरेको को.१.ख.५५२७ नम्बरको ट्रक धरान तर्फ आउदै गरेको ३२ प ६७१६ नम्बरको मोटरसाइकल ठक्कर खादा शनिबार राती धरान -१० बस्ने ३० बर्षिय बिक्रम चेम्जोङको मृत्यु भएको छ । दुर्घटना शनिबार राती करिब ०७ बजे इटहरी ०२ आपगाछिमा भएको थियो । ट्रक्को ठक्कर बाट मोटरसाइकल चालक चेम्जोङगम्भीर घाइते भए पछि उपचारको लागि बिपि कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान धरान पुर्याइएको केही घन्टामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चेम्जोङ मोटरसाइकल पछाडी सवार १० बस्ने ३२ बर्षिय साहिल तुलाधरको धरानमै उपचार भइ रहेको प्रहरीले जनाएको छ । धरान-५ बस्ने ४३ बर्षिय ट्रक चालक अमर बहादुर राई इलाका प्रहरी कार्यलय इटहरीको नियन्त्रणमा रहेका छन ।

यस्तै प्रहरीका अनुसार सुनसरी बराहक्षेत्र नगरपालिका -१ रानिखोलामा मोटरसाइकल दुर्घटना हुदा पछाडी सवार कानेपोखरी गाउँपालिका-१ बस्ने २६ बर्षिय समन याक्खाको मृत्यु भएको छ । चतरा बाट बराहक्षेत्र मन्दिर तर्फ जादै गर्दा प्रदेश १०१०४१ प ४९७१ नम्बरको मोटरसाइकल अन्यत्रित भइ दुर्घटना भएको थियो । घाइते याक्खाको बिराटनगर स्थित बिराट नर्सिङ होममा उपचारकै क्रममा शनिबार राती १२:३० बजे मृत्यु भएको चतरा प्रहरीले जनाएको छ ।

प्रहरिका अनुसार मोटरसाइकल सडक बाट करिब सय मिटर तल खसेको थियो । मोटरसाइकल सवार चालक रहेका मोरङको कानेपोखरी नगरपालिका -१बस्ने इलाका प्रहरी कार्यलय रंगेलिमा कार्यरत २५ बर्षिय प्रदिप राई सामान्य घाइते भएका छन । राईको दरबन्दी दङ्गा नियन्त्रण प्रहरी गण दुहबीमा भए पनि रंगेलिमा कार्यरत छन ।

 216 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा चौथोपटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

पौडी खेल्ने क्रममा २ बालकको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख १ गते , बुधबार

रासायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

छोराको बन्चरो प्रहार बाट बाबुको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: