सुनसरीमा खुकुरी प्रहार गर्ने एक युवक पक्राउ

समाचार

सुनसरिको धरानमा खुकुरी प्रहार गर्ने एक जना युवा प्रहरीले पक्राउ परेको छ ।

खुकुरी प्रहारमा समाबेश भएका अन्य केही युवाहरु फरार रहेका छन । इलाका प्रहरी कार्यलय धरानका अनुसार खुकुरी प्रहार बाट १९ बर्षिय राजेश गहजरात घाइते भएका छन । घाइतेका दाइ आशिष् गहजरातले प्रहरिमा उजुरी दिएपछी २२ बर्षिय आशिष थापामगर पक्राउ परेका हुन ।धरानको भोटेपुलमा १६ गते ७:३० बजे घटनामा समबेश भएका आशिष हिजो पक्राउ परेका हुन । पक्राउ परेका आशिषलाई ज्यान मार्ने उधोग अन्तर गत मुद्दा दर्ता भएको छ । अन्य फरार युवाहरुको खोजी कार्य भैइ रहेको प्रहरिले जनाएको छ । आज उनलाइ जिल्ला अदालत सुनसरीमा म्याद थप गर्न लागिएको छ ।

घाइते राजेशले लागू औषध (गाजा) किने पैसा दिइएका थिए तर फरार युवाहरुले गाजा पनि नल्याई दिएको र पैसा पनि फिर्ता न दिदा झगडा भएको प्रहरिको भनाइ छ ।

घाइतेको बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान घरानमा उपचार भैइरहेको छ भने घाइतेको अवस्था सामान्य रहेको प्रहरिको भनाइ छ ।

 68 total views,  1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *