. दिपा लुइँटेलका उत्कृष्ट गजलहरु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण २४ गते , सोमबार

दिपा लुइँटेलका उत्कृष्ट गजलहरु


१ ख्यालठट्टा हासो मजाक,माया नसम्झ
बाचुन्जेली साथ नछाड्ने छाया नसम्झ।।

जिद्दी गर्न्ने एकोहोरिने बानी रैछ तिम्रो
म संग भुलेर नि साचो प्रीति लाए नसम्झ।।

इष्टमित्र साथिभाइको साथ हुन्छ हदसम्म
आखा चिम्लि तिम्रै साथ पाए नसम्झ।।

एस्तै छु आफ्नु पराइ सब्लाइ समान देख्छु
आफन्त झै मान्दा तिम्लाइ चाए नसम्झ।।

थाह नै छ दुबै हातको महत्व समानै छ
खाने हात त दायाँ नै हो बायाँ नसम्झ।।

ख्यालठट्टा हासो मजाक,माया नसम्झ
बाचुन्जेली साथ नछाड्ने छाया नसम्झ।।

जाडो मा म परे भने घाम बनेर आउनु तिमी
भाग्न खोजे भने कतै जाम बनेर आउनु तिमी

चिट्ठी पत्र त कोर्दै गर्छु पठाउने केही नभएनि
पत्र पाउन नसक्दा खाम बनेर आउनु तिमी।।

परिस्थिति खराव भाछ गरिबको अझ बढी
भोकसग म लडिरहदा माम बनेर आउनु तिमी ।।

रोजगार पाउन कठिन पर्छ जतिसुकै पढेपनी
बेरोजगार भै बसे भने काम बनेर आउनु तिमी।।

शरण पर्छु रक्षा गर भक्ती गर्छु भगवान् को
मन्दिर जान नसकुला धाम बनेर आउनु तिमी।।

तिमी आउँदा म कहाँ नचिन्लान कि कसैले
गर्भ गरुन् सम्मानित नाम बनेर आउनु तिमि।।

जाडो मा म परे भने घाम बनेर आउनु तिमी
भाग्न खोजे भने कतै जाम बनेर आउनु तिमी।।

एउटा मात्र सिधाान्तमा बाधेर नारि राछन्
नमानेमा घनण्डका भुत भनी झारी राछन्।।

अन्धविश्वास धामीझाँक्री आज पनि जताततै
अस्पताल छेउमै हुँदा घरमै बुहारी मारी राछन्।।

शताब्दी कहाँ पुग्यो समाज भने जहाँ को त्यही
यहीँ मान्छेले नै छुदाखेरी पधेरो नि बारि राछन्।।

राम्रो काम गर्नेको त जमाना नि छैन क्या हो?
सम्मानित हुने लाई झन्झन् तल पारि राछन्।।

गरिबलाई ओत लाग्ने झुपडी नि छोइन यहाँ
हुनेहरुले पो दिनदिनै महलहरु फेरिराछन्।।

यहाँ मान्छेले नि छुदाखेरि पधेरो नै बारिराछन्
अस्पताल छेउमा हुदा घरमै बुहारी मारिराछन्।।

मेरा मनका भाव हरु लेख्दै छु म गजल मा
मानवका भित्री पीडा देख्दै छु म गजलमा।।

कहिलेकाही बोर लाग्छ अनि शब्द कोर्दै बस्छु
आफ्नै भोगाइ,अनुभवहरु लेख्दै छु म गजलमा।।

मलाइ जस्तो अरुलाइ नि भएको होला पक्कै
साथी अनि हाम्रो पीडा पोख्दै छु म गजलमा।।

यी र यस्ता रचनाहरु एकान्तका साथी मेरा
आत्मीय र मिलनसार मित्र भेट्दै छु म गजलमा।।

मनका कुरा भन्न नपाइ द्वन्द हुन्छ मन भित्रै
मन भित्रको कौतुहल्ता मेट्दै छु म गजलमा।।

एकान्तको सुन्यतालाई भेट्दै छु म गजलमा
साथि बिनाको प्यास पनि मेट्दै छु म गजलमा।।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

सिफारिस

माधव नेपालको बिरोधमा ओलि पक्षका युवाले निकाले बाँदरे जुलुस

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

आइतबार भोजपुरमा थप २४ जना कोरोना संक्रमीत ७ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: