६ हजार ऋण दिएर चार बर्ष देखि यौन शोषण

समाचार

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ९ बस्ने ४१ बर्षिय बर्षिय महिला चार बर्ष देखि देखि योन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ बर्षिय खड्क बहादुर राइले रु ६ हजार ऋण दिएपछी बारम्बार यौन सोषण गरेक महिलाको आरोप छ ।

शनिबार सल्लेरिमा ती महिलाले आफू अन्यायमा परेको र न्याय माग्न सदरमुकाम आएको बताइन् । आर्थिक अबस्था कमजोर भएकाले २०७३ साल असार २ गते खड्कबहादुर बाट ऋण लिए लगातै असार ४ गते बाट मलाई उहाँको घरमा बारम्बार कम गर्न बोलाउन थाल्नु भयो ” भावुक हुँदै पिडित महोलाले भनिन “आर्थिक अवस्था कम्जोर भयकै कारण उहाले जे भन्यो तेहि मान्न म बाध्य भए।

घरायसी काम संगै तीन-चार दिनको अन्तरमा उहामाथि जबरजस्ती शारीरिक सम्पर्क राख्ने गरेको उहाको भनाई छ।ऋणको ब्याज स्वरुप काम गर्नुपर्ने पीडित महिलाले भनिन,”दिनभरी कामको थकाई संगै उनलाई यौन चाहना भय जुनै बेला पनि आफू तयार हुनुपर्ने मेरो बाद्यता थियो।”

आफुले शारीरिक सम्पर्क राख्ने इच्छा छैन भन्दा ज्यान मार्ने सम्मको धम्की स्वीकार गर्नुको बिकल्प नभएको पीडितको भनाइ छ।गाउँघरमा जो कोहिलाइ धाक धम्की दिएर खड्गबहादुर ले श्रम सोसण गरेर गर्ने गरेको पोडित महिलाको आरोप छ तर पिडक राईले आफुले तेस्तो कुनै पनि हालत मा न गरेको बताए।

खड्गबहादुरले घाँस काट्न,धान कोदो रोप्न देखि लिएर अन्य आबस्यक परेको बेला जुन सुकै काम गर्न पनि आफुलाइ बोलाउने गरेको महिलाको भनाई छ।शुरुमा काम गर्न आउनु मलाई ब्याज चाहिदैन भन्नुभयो । महिलाको सुनाइ केही समय पछि सावाँ ब्याज को हिसाब गरौ भन्दा पनि किन अहिलै गर्नु बिस्तरै गरौला भन्दै काम लगाई रहे महिले पनि मानी रहे ।

श्रम शोषण गरिरहेका पीडका राईले २०७५ साल देखि भने निरन्तर यौन शोषण गर्ने गरेको पीडित महिलाले बताईन । पिडित महिलाको ७० बर्सिय श्रीमान गोठमा भएको मौकामा घर आउनेर र यौन प्यास मेटाउने गरेको महिलाको भनाई छ।रातको १२ बजे तिर आफ्नो घरमा आउने र कोहि कसैलाई भनेको खन्डमा ज्यान मार्ने धम्की समेत गरेको उनले बताइन ।

खड्गबहादुरले ब्यबहरको बिसयमा पीडित को पतिलाइ जानकारी भएपछी काम गर्न नजाने निधोमा पुगेकी उनलाई खड्गबहादुरले तत्काल ऋण फिर्ता गर्न ताकेता गरेको बताइन तर आफू सङ फिर्ता गर्ने रकम नभएकोले उनले बध्य भएर अरएको काम गर्नुपरेको महिलाको गुनासो छ।

खड्गबहादुर र पीडित महिला बिचको सम्बन्धका बारेमा पीडकको घर परिवरलाई थाभएपछी छोराहरू समेतले गत २८ गते महिलाको घरमा ज्यान मार्ने धम्की दिएको आरोप छ।घर घेर्न पुगेपछी पति र घरपरिवार र छिमेकी लाई समेत घटनाको बारेमा जानकारी भएको महिलाको भनाई छ।

सामान्य विवाद हुदा समेत छिमेकी सबैलाई धाक धम्की दिने खड्गबहादुर देखि गाउँले सबै डराउने गरेको उनिहरुको भनाइ छ।आफुपनी असुरक्षित त्रासका कारण गाउँका महिला अगुवाइको साथमा घटनाको विषयमा उजुरी गर्न सल्लेरी गएको पिडित महिलाले बताइन । जिल्लामा कृयाशिल अन्तर्पार्टी महिला संग्रालएको सहयोगमा अगत फागुन १७ गते जिल्ला प्रहरी कार्यलय सङ्खुवासभामा जबर्जस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरिएको पीडित पक्षको भनाइ छ ।

  1. प्रहरीले आवश्यक अनुसन्धानका लागि सोही दिन खड्कबहादुरलाइ पक्राउ गरि कारभाइ प्रक्रिया अगाडि बढाएको छ । यता चौत एघार गते न्यायाधीस महेन्द्रराज काफ्लेको इजलासले खड्कबहादुरलाइ रु २० हजार धरौटी माग गर्न आधेस दिएको थियो । यता पीडित पक्षले भने आफुलाइ बयानका लागि अदालतमा नबोलाएको गुनासो गरेका छन । एकलौटी बयानको आधारमा रिया भए पछि न्याय पाउने आशन्का आफुहरुमा रहेको पीडित पक्षको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *