. उस्तै नाता पर्ने सन्तानलाई बराबरको अपुताली हक लाग्ने सर्बोच्चको फैसला::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र २३ गते , सोमबार

उस्तै नाता पर्ने सन्तानलाई बराबरको अपुताली हक लाग्ने सर्बोच्चको फैसला


निधन भएको ब्याक्तीको अपुताली ,सो ब्याक्तिलाइ निधन हुनु अघि कस्ले पालनपोषण गरेको स्पष्ट नभए उस्तै नाता पर्ने सबैलाई बराबरी भाग लाग्ने सर्बोच्च अदालतले ठहर गरेको छ ।

न्यायाधीशहरु तेज बहादुर केशी र प्रकाश कुमार ढुंगानाको सयुक्त इजलासले यस्तो ठहर गरेको हो । बारा जिल्ला कलैया नगरपालिका बस्ने जैनब अन्सारी सोही जिल्लाको बसन्त पुर गाउँबिकास समिती बस्ने मनोरमा अन्सारी बिच आमाबुबाको अपुताली सम्पत्ति कस्ले पाउने भन्ने सम्बन्धमा परेको मुद्दामा आदालत ले यस्तो ठहर गरेको हो । दुबै दिदी बहिनी बिच बाबुआमा लाई आफुले पालन पोषण गरेको उल्लेख गर्दै अपुताली बाट प्राप्त भएको सम्पत्ति आफुले मात्र पाउनु पर्ने भन्दै बिबाद भएको थियो ।

अपुतालिमा विवाद भए पछि मनोरामले अपुतालिमा आफ्नो हक लाग्ने भन्दै बारा जिल्ला अदालतमा मुद्दा  दायर गरेकी थिइन । बारा जिल्ला अदालतले मनोरमाको दाबी नपुग्ने ठहर गरेको छ । पछि तत्कालीन पुरानाबेदन अदालतले पुन आपुलाली बाट प्राप्त भएको दुई मात्र नभई तिन जना दिदिबहिनीले पाउने भन्ने फैसला गरेको थियो । यो मुद्दा सर्बोच्च अदालतमा पुग्यो ।

सर्बोच्चले तत्कालीन पुरानाबेदन अदालत बाट भएको फैसला सदर गरि तिनैजना दिदिबहिनीले अपुताली सम्पती पाउने भन्ने फैसला गरिदियो । सर्बोच्चले डेढ बर्ष अघि फैसला गरेको भएतापनी फैसलाको पुर्ण पाठ केही दिन अघि मात्र सार्बजनिक भएको थियो ।

आजको नेपाल समाचार दैनिकमा खबर छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: