बोलेरोको ठक्कर बाट एक पैदल यात्रीको मृत्यु

समाचार

झापाको बुद्धशान्ति गाउँपालिका ३ को सात नम्बर चोक स्थित मेची हाइवेमा गए राती बोलेरो पिकअपको ठक्कर बाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

राती साढे ८ बजे उत्तर तर्फ जाँदै गरेको मे १ च ६४१३ नम्बरको बोलेरो पिकअपको ठक्कर बाट पैदल यात्रीको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । ठक्कर बाट घाइते भएका करिब ४० बर्षिय पुरुषलाई उपचारका लागि बिर्तामोड स्थित बिएण्सी अस्पतालमा पुर्याउन साथ मृत्यु भएको झापा प्रहरिले जनाएको छ ।

ठक्कर दिने बोलेरो चालक मेची नगर ३ बाहुनडागिका ५४ बर्षिय चुनचुन भनिने सन्तोष राइलाइ प्रहरिले नियन्त्रणम लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *