. मोरङमा नयाँ बर्षको अवसरमा टिकटक रोड उद्घाटन हुने फोटो फिचर सहित::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र ३१ गते , मंगलबार

मोरङमा नयाँ बर्षको अवसरमा टिकटक रोड उद्घाटन हुने फोटो फिचर सहित


मधुमल्ला रोडको मिक्लाजुङ गाउँपालिका वडा न ७ र ८ मा पर्ने मावा नुनसरी सामुदायिक बनक्षेत्र भित्र निर्माण भइ रहेको टिकटक रोड नयाँ बर्षको अवसरमा पारेर उद्घाटन गरिएने भएको छ । नया बर्षको अबसरमा बृहत सास्कृतिक कार्यक्रमका साथ भब्य रुपमा टिकटक रोडको उद्घाटन गर्ने टिकटक रोड निर्माण ब्यबस्थापन समितीका सचिब रुद्र भण्डारीले सिद्धकाली डट कमलाइ जानकारी दिनु भयो ।

उद्घाटनका दिन बिहानी कला परिक्षण केन्द्र र डिस्टिनेसन ब्याण्डले धमाकेधार सास्कृतिक कोसेली प्रस्तुति गर्ने कार्यक्रम रहेको छ । मधुमल्ला बजारको उत्तर तर्फ पर्ने मधुमल्ला मावा तोरिबारी सडक खण्डको करिब २ किमि जङ्गल क्षेत्रमा टिकटक रोड निर्माण कार्य तिब्र गतिमस भइ रहेको छ। पहिलो चरणमा मावा नुनसरी सामुदायिक बन उत्तर करिब १ किमि क्षेत्रमा स्थानीय तथा बाहिय पर्यटकलाई मन लोभ्याउने विभिन्न प्रकारका तुल ब्यानरहरु टागिएको छ ।

ढुङ्गाहरु कलात्मक रूपमा रंगाइएको छ । ठुला ढुङ्गाहरु केही कलात्मक रुपमा चित्र र स्ट्याचु निर्माण गरिएका जस्ले गर्दा पर्यटकहरु फोटो खिच्न ब्यस्त देखिएका छ । यात्रुहरुलाई छाहारी संगै बस्न फलैचाको ब्यबस्था गरिएको छ । पर्यटक हरु रातको समयमा सहजकताको लागि सडक बत्ती राखिएको छ । साथै घुम्न आउने र टिकटक बनाउनेको लागि फ्री वाइफाइको समेत ब्यवस्था गरिएको छ ।

बजार बाट नजिकै र सुनसान ठाउँ भएकोले आन्तरिक तथा बाह्य पर्यटकका लागि समेत मधुमल्ला टिकटक रोड दु:ख र तनाब हटाउदै स्वच्छ र सान्त बाताबरणको मनोरञ्जन लिन पाउने स्थानको रुपमा टिकटक उपयोगी हुने भण्डारीले बताउनु भयो ।

उत्त रोड निर्माणमा स्थानिय युवा सुरेन्द्र थापाको अध्यक्षतामा युवा हरुले समूह बनाएर टिकटक रोड निर्माण काम गरिरहेका छन । युवा हरुले रात दिन पिङ निर्माण ,फलैचा निर्माण ढुङ्गाहरु रङ्गाउने काम कति २०-२५ दिन देखि गरिरहेका छन ।

मिक्लाजुङ गाउँपालिका ७ मावा नुनसरी सामुदायिक बनले आर्थिक साहयता लगाएत अन्य सयोग समेत गरेको छ । स्थलगत रुपमा स्थानिय युवाहरुले खटेर यस्लाइ थप ब्यबस्थित गर्ने काॠ समेत भइ रहेको र हाल सम्म करि ९० प्रतिशत काम सम्पन्न गरिसकेको ब्यबस्थापन समितिला सदस्य सागर लुइँटेलले बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

२० मन्त्री पदमुक्त हुनेमा कोको छ्न ? नामावली सहित

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

इटहरी र खनार बिचमा सवारी दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १२ गते , आइतबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: