राष्टिय जनगणना २०७८ वडा तह सम्मै प्रोफाइल बनाउने तयारी

समाचार

चैैैत २७ ।राष्ट्रिय जनगणना २०७८ पछि सबै वडाको प्रोफाइल बन्ने भएको छ । केन्द्रिय बिभागले देशका ७५३ स्थानीय तहका ६ हजार ७४२ वटै वडाको प्रोफाइल निर्माण गर्ने गरि प्रश्नावली तयार गरे पछि वडाको प्रोफाइलको लागि उपयोगी हुने भएको छ ।

मुलुक संघीय ब्यबस्थामा गइ सकेपछी अहिले भएका सबै वडा नयाँ हुन । वडाको पुर्णरुपमा बास्तबिक विवरण सहितको तथ्यांक अभावमा अहिले पनि बिकास निर्माण सेवा प्रबाह निम्ति निर्माण र कार्यनयनमा असहजकता कायम भएको छ ।

आगामी जनगणना बाट वडा भित्रका जातजाति ,धर्म सेवा प्रवाह राज्यले प्रदान सुबिधा पहुच स्पस्ट आउने छ । बस्ती गाउँ टोलको संख्या वडा कार्यलय बाट टाढा रहेको बस्ती ,गाउँ टोलमा जाने नागरिकले प्रयोग गर्ने साधन वडामा उत्पादन हुने कृषि जन्य र गौरकृषि जन्य अबस्थाका बिवरण आउने छ ।

वडामा हुने राजस्व संकलन हुने स्रोत सेवासुबिधा वडाबासिको पहुँच भौतिक पुर्वाधार सामाजिक र आर्थिक अबस्था बिपत जोखिम लगाएतका बिषयले समग्र प्रोफाइल हुने बिभागको अनुमान छ ।

जनगणना बाट सामाजिक ,आर्थिक ,पुर्वाधार आदि सबैको एक बर्ष भित्रमा भएका सबै क्षतिको विवरण बन्यजन्तु र जंगली जनावर बाट भएको क्षति वडा भित्र बसोबास भएका जातजाती सिमान्त्कृत नागरिकको बसोबास भएको छ । तथ्यांक आउने गरि प्रश्नवलि निर्माण गरिएको हेमराज रेग्मीले बताउनु भयो ।

२०७८ बैशाख २६ गतेदेखी जेठ १४ गते सम्म घरपरिवार सूचीकरण गर्ने ,मुल गणना जेठ २५ गते देखि असार ०८ गते सम्म हुनेछ । असार ८ गते जनगणना दिवसको रुपमा मनाइने गरि जनगणनाको कार्यतालिका सार्बजनिक गरिएको छ । जनगणनाको लागि सुपरिवेक्षक मा ८हजार गणकमा ३९ हजार र अन्य कर्मचारी ५ हजार गरि करिब ५२ हजार कर्मचारी परिचालन हुँदैछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *