. कर छली गर्न हवाई रुट प्रयोग गर्दै कपडा व्यावसायि हरु::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

कर छली गर्न हवाई रुट प्रयोग गर्दै कपडा व्यावसायि हरु


तस्करी र कर छली गर्न पल्केका झापाका कपडा ब्याबसाहिले स्थल मार्ग अबरोध हुन थाले पछि हवाई मार्ग प्रयोग गर्न थालेको खुलेको छ । कर छलिमा सम्लङ्ग मानिएका झापा भद्रपुरका व्यावसायिले झापा सदरमुकाम चन्द्रगणी स्थिति बिमानस्थल प्रयोग गर्न थालेको जानकारी आएको छ ।

कर छल्ल पल्केका व्यावसायिले सो विमान स्थल उपलब्ध निजि एअरलाइन्स यति एअरका कर्मचारी समेतलाइ मिलाएर कम कर्गो भाडा तिरि यश अघि स्थल मार्ग बाट हुने गरेको काम रोकेर हवाइमार्ग प्रयोग गर्न थालेको बिमान्स्थल श्रोतले जानकारी दिएको छ ।

भारत बाट भन्सार छ्ल्गरी ल्याएका कपडा विभिन्न फर्मका नाममा बिल काटी बिमानस्थल बाटै काठमाडौ पठाउने गरेको बिमानस्थलका एक कर्मचारीले सिद्धकाली डटकमलाइ जानकारी दिनुभयो । बिमानस्थमला भन्सार कार्यलय र भन्सार कार्यलयका प्रतिनिधि नरहेकाले तस्करी र कर छली गर्न पल्केका व्यावसायि लाई महँगो भाडा तिरि हवाइ मार्ग प्रयोग गर्दा पनि नाफा हुने भएकाले उनिहरुले हवाइमार्ग प्रयोग गर्न थालेका बिमानस्थलका कर्मचारिको भनाइ छ ।

सामान्यता स्थलमार्गबाट लत्ताकपडा काठमाडौ पठाउदा प्रतिकेजी सरदर ५ रुपैया ढुवानी खर्चलाग्ने गरेको भए पनि प्रतिकेजी १०० रुपैया भाडा लाग्ने हवाई मार्ग प्रयोग गर्न थालेको सुचना पाए पछि राजस्व अनुसन्धान बिभागको केन्द्रिय कार्यलय काठमाडौ बिमानस्थल स्थित एति एअरलाइसेनसको कार्गो गोदाममा छापा मारी भद्रपुर बाट गएका समान बरामद गरेको हो ।

सरकारले एक ठाउँ बाट अर्को ठाउँमा बस्तु तथा सामान ओसारपसार गर्नु पुर्ब ढुवानी हुने सामान तथा स्थान समेत बिवरण केन्दि्य सुचना प्रणालीमा उल्लेख गर्नु पर्ने ब्यवस्था गरे पछि भद्रपुर बाट काठमाडौ स्थलमार्ग हुँदै भारतिय लत्ताकपडा पठाउदै आएका ब्यबसायिले हवाइ रुट प्रयोग गर्न थालेको हो । माल बस्तुको ओसारपसार तथा ढुवानी भिटोएस प्रणाली लागू भए पछि कर छल्ल पल्केका कपडा व्यावसायिमहँगो कार्गो भाडा तिरी हवाइ रुट प्रयोग गर्न थालेका हुन ।

श्रोतले झापाको अमित इन्टरप्राइजेजको नाममा एति एअरलाइन्स हुँदै बैशाख यता विभिन्न मितिमा काठमाडौ लगिएका लत्ताकपडा बरामद भएको जानकारी गराएको छ । बिभागले यतिको कार्गो गोदाम बाट एकै दिन भारत बाट ल्याइएका गन्जी ११८ थान ,लेडिज ट्प्स ७९१थान,लेडिज कुर्ता ८८ थान,सारी ५५ थान बरामद गरेको श्रोतको भनाइ छ । अमिर इनटरप्राइजेजले ब्यक्तिमा नाममा गत ४,५र ६गते यति एअरलाइसेन्स काठमाडौ पठाइएका लत्ताकपडा यतिको कार्गो गोदाम बाट बरामद गरि छानबिन अगाडी बढाइएको राजस्व अनुषन्धान बिभागले समेत पुष्टि गरेको छ ।

बिभागका प्रभक्ता शिवलाल तिवारीले अमीत इन्टरप्राइजेजका सञ्चालकले सो फर्म सहित उनलेनै चलाउने गरेका अन्य केही फर्मको नामबाट कर छली गर्नका लागि ब्यक्तिको नाममा बिल काटी यति एअरलाइन्स बाट नियमित रुपमा भारतीय लत्ताकपडा काठमाडौका ठुला व्यावसायिको मा पठाउने गरेको सुचना आएपछी छापा मारी अनुशन्धान गर्न थालेको जानकारी गराएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

कोरोना भाइरसको संक्रमीत संख्या एक लाख नाघेको छ

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

माधव नेपालको बिरोधमा ओलि पक्षका युवाले निकाले बाँदरे जुलुस

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: