. चिनिया सरकार द्दारा नेपाल लाई १० लाख डोज खोप सयोग । को को ले पाउनेछन हेर्नुस् यस्तो छ तालिका::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

चिनिया सरकार द्दारा नेपाल लाई १० लाख डोज खोप सयोग । को को ले पाउनेछन हेर्नुस् यस्तो छ तालिका


१२ जेठ, काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ ।

बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गरेकी हुन् ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

बुधबार टेलिफोन कुराकानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।

बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट भएको कुराकानीमा राष्ट्रपति भण्डारीले कोभिड-१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु नेपाल सरकारको पहिलो दायित्व रहेको भन्दै आवश्यक खोप चीनबा६ खरिद गर्न इच्छुक रहेको बताएकी थिइन् । उनले यस प्रक्रियामा सहजीकरण गरिदिन राष्ट्रपति सीलाई आग्रह गरेकी थिइन् ।

जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहेकाले नेपालले मागेको सहयोगबारे आफ्ना सरकारी अधिकारीहरुसँग बुझ्ने बताएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।

 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: