. ट्युसन पढाउने शिक्षकले असभ्य म्यासेज पठाउदा युवती द्वारा शिक्षक माथी खुकुरी प्रहार::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

ट्युसन पढाउने शिक्षकले असभ्य म्यासेज पठाउदा युवती द्वारा शिक्षक माथी खुकुरी प्रहार


जेठ १५ भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा मोबाइल म्यासेज आइ लभ यु बुढी भन्दै म्यासेज पठाउने शिक्षकलाइ खुकुरी प्रहार गरि छात्राले घाइते बनाएकी छिन ।

आफुलाइ ट्युसन पढाउने शिक्षाकले मोबाईल बाट गलत शब्द म्यासेज पठाएको भन्दै शिक्षकलाइ धारिलो हतियार प्रयोग गरि छात्रा नशा राइले शिक्षाक योगेन्द्र कार्की माथी खुकुरी प्रहार गरि घाइते बनाएकी हुन । जिल्ला प्रहरी कार्यलय भोजपुरका डिएसपी कृष्ण कुमार चन्दका अनुसार २४ बर्षे ती युवतिले सप्राइज दिने भन्दै बोलाएकी थिइन । युवतिले बोलाए पछि घटनास्थलमा पुगेका शिक्षक माथी एक्कासि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धान उदृत गर्दै डिएसपी चन्दको भनाइ छ ।

घाइते हुने शिक्षक पौवादुङमा गाउँपालिका ४ का २९ बर्षिय योगेन्द्र कार्की हुन । घटना गत शनिबार भएको प्रहरीले जनाएको छ । ठुलोदुङ्मा ट्युसन पढाउन गएका शिक्षक माथी खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गर्ने युवतिको बयान आफू माथी शिक्षकले असभ्य शब्द हरु म्यासेजमा पठाएको र दुव्र्यवहार गर्न खोजेकोले सहन नसकी आक्रमण गरेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा खुकुरी प्रहार गर्ने युवतीले भनेकी छिन । `कक्षामा ट्युसन पढाउदा पढाउदै मोबाईल म्यासेजमा सरले ओइ बुढी आइ लभ यु डार्लिङ पठाउनु भयो । उनले भनेकी छन,`त्यो महिले सहन सकिन राती ९ बजे बोलाएर खुकुरी हाने ।

घाइते अबस्थामा भेटिएका शिक्षाकलाई स्थानीयले उद्वार गरि प्राथमिक स्वास्थ चौकी मानेडाडामा पुर्‍याएका थिए । त्यहा उपचार हुन नसके पछि थप उपचारका लागि नोबेल हस्पिटल रेफर गरिएको हो । घटना बारे जानकारी पाए लगतै इलाका प्रहरी कार्यलय तिवारी भञ्ज्याङ र बास्तिम बाट घटना स्थलमा प्रहरी खटाइएको थियो । खुकुरी प्रहार गर्ने युवतीलाई पक्राउ गरि थप अनुसन्धान थालेको डिएसपी चन्दले बताउनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

प्रतिबन्धित औषधि सहित मोरङमा १ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

अहिले सम्म कोशी ब्यारेजको १२ ढोका खुल्ला

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

धनकुटामा घरबाट मोटरसाइकल चोरी गर्ने संखुवासभाका युवक पक्राउ

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

सिफारिस

जिल्ला अस्पताल भोजपुरमा ब्लड बैक स्थापना

प्रकाशित मिती : २०७८ भाद्र २२ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: