. धनकुटाको पाख्रीबासमा ५४ करोड बराबरको औद्योगिक ग्राम बन्ने::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २४ गते , शुक्रबार

धनकुटाको पाख्रीबासमा ५४ करोड बराबरको औद्योगिक ग्राम बन्ने


बैशाख २४। धनकुटाको पाख्रीबास नगरपालिकामा औधोगिक ग्राम निर्माण हुने भएको छ ।

पाख्रीबास नगरपालिकाको आयोजनामा ५४ करोड बराबरको औद्योगिक निर्माण बिहिबार १ कार्यक्रम बिच प्रतिनिधि सभा सदस्य एबम नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राइले औद्योगिक ग्रामको शिलान्यास गर्नु भएको छ ।

राइकै पहलमा पाख्रीबास -०७ राम्चेमा १ सय १७ रोपनी जग्गामा औधोगिक ग्राम निर्माण गर्न लागिएको हो । कार्यक्रममा बोल्दै साम्सद राइले देशलाइ आर्थिक रुपमा समृदी बनाउन उद्योग धन्दा र कलकारखाना खोल्ने आवश्यक रहेको बताए ।

बेरोजगारीलाई रोजगार दिन संघ ,प्रदेश र स्थानीय सरकारले नीति बनाएर हरेक स्थानिय तहमा औधोगिक ग्राम निर्माण गरिरहेको भन्दै उनले सरकारको निति अनुसारनै पाख्रीबास नगरपालिकामा पनि औद्योगिक ग्राम निर्माण गर्न लागेको बताए । कार्यक्रममा बोल्दै पाख्रीबास नगरपालिकाका प्रमुख बृष बहादुर राइले औधोगिक ग्रामको लागि पहिलो चरणमा १ करोड बराबरको टेण्डर खुलेको जानकारी गराउदै भवन ,बाटो निर्माणको काम गरिने बताए ।

औधोगिक ग्रामको डिपिआर तयार पारिसकेको र चालू आर्थिक बर्षमा पहिलो चरणको निर्माण कार्य गरिने उनको भनाइ छ । स्थानिय स्तरका श्रोत साधन कच्चापदार्थ प्रबिधी र सिपको परिचालन गरि रोजगार शृजना गर्दै स्थानिय अर्थतन्त्रमा रोजगार पुर्याउने उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि ग्राम सञ्चालन गर्न लागिएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

आइतबार भोजपुरको कोरोना अपडेट पालिका सहित

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: