. धनकुटाको बेग्लाबेग्लै ठाँउमा रुखले किच्दा २ जनाको मृत्यु::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

धनकुटाको बेग्लाबेग्लै ठाँउमा रुखले किच्दा २ जनाको मृत्यु


जेठ ११ । धनकुटाको बेग्लाबेग्लै स्थानमा रुखले किचेर दुई जनाको मृत्यु भएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिकामा आज बिहान करिब ९ बजे चेक्रासी जातको रुख काट्ने क्रममा रुख ढलेर किच्दा महालक्ष्मी ७ आन्द्रुङका ३४ बर्षिय पुर्ण कुमार लुम्बाको घटना स्थलामै मृत्यु भएको हो। ठेकी बनाउनका लागि लुम्बा सहित ३ जना समुहमा गएका थिए । सोही क्रममा रुख ढ्ल्ने क्रममा फेद उछिटिएर लाग्दा उनको मृत्यु भएको हो ।

यस्तै सहिद भुमि गाउँपालिका ३ छिन्ताङ-३ मा करिब ३ बजे रुख काटेर ढाल्ने क्रममा रुख ढलेर किच्दा स्थानिय बर्ष ४२ का नारायण कुमार राइको मृत्यु भएको हो । छिमेकी बिनोद राइको जग्गामा रहेको चिलाउनेको रुख ढाल्नलाइ नारायण सहित अन्य ब्यक्ति पनि रुख तान्दै थिए । सोही क्रममा रुख लडेर किच्दा घटनास्थलमै मृत्यु भएको हो ।

दुबै मृतको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा लगिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

ट्याक्टर बाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १५ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: