. नौ दिन पछि भाइरस सर्दैन त्यस पछि दोहोर्‍याए पिसिआर गर्नु पर्दैन::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २७ गते , सोमबार

नौ दिन पछि भाइरस सर्दैन त्यस पछि दोहोर्‍याए पिसिआर गर्नु पर्दैन


काठमाडौ नयाँ बानेश्वरकि शोनम शाहिलाइ १८ दिन अघि कोरोना संक्रमण देखिएको थियो । कोरोना भाइरस संक्रमण निको भए नभएको हेर्न उनले १८औ दिनका दिन पुन :परिक्षण गराइन । तर,उनले सिटि भ्यालु ७ सहित फेरि पोजेटिभ देखियो ।

१८औं दिन होम आइसोलेसनमा बसे पछि पुन : परिक्षण गर्दा फेरि पोजेटिभ देखियो ´। उनले भनिन ,थकाइ लाग्ने,सास फेर्न गाह्रो हुने ,पखाला लाग्ने लक्षण पनि थियो । अहिले मात्र हैन । सुरुको चरणमा पनि दोहोर्‍याए परिक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको थियो । नेपालमा दोश्रो र तेस्रो कोरोना संक्रमीत बिरामिलाइ १४औ दिनमा जाच गराउदा नेगेटिभ रिपोर्ट आएको थियो ।

त्यसको २४ घण्टा पछि फेरि पोजेटिभ आयो । १८औं दिनमा नेगेटिभ आयो । १९औं दिनमा फेरि पोजेटिभ आयो । फेरि २७ औं दिनमा २४ घण्टाको फरकमा २ पटक परिक्षण गर्दा दुबै पटक नेगेटिभ आएको थियो । त्यसको ७ दिन पछि परिकक्षण गर्दा फेरि पोजेटिभ आएको थियो । `पिसिआर पिसिआर सक्रिय भाइरस हो कि हैन भनेर छुट्याउनै ,´ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा,अनुप बास्तोलाले भने,` अहिले अध्यन अनुसन्धानले नौ दिन पछि सक्रिय भाइरस कल्चर नभएको देखिएको छ । ´

सुरुको मापदण्डमा २४ घण्टाको दुई ओटा रिपोर्ट नेगेटिभ आउनु पर्ने थियो । तर ,नौ दिन पछि सक्रिय भाइरस नहुने भएकाले पहिलो पटक पोजेटिभ देखिए पछि पुन: परिक्षण गर्नु नपर्ने सरकारी मापदण्ड छ । डाक्टरका अनुसार,१४ दिन आइसोलेसनमा बसे पछि पुन : परिक्षण गराउनु पर्दैन । स्वास्थ्यको मापदण्ड पालना गरेर घर बाहिर निस्कन पनि मिल्छ ।

तर,कोरोना भाइरस निको भए नभएको हेर्न दोहोर्‍याए परिक्षण गर्न जानेको भिड छ । पुन : परिक्षण गर्दा देखिने क्रम बढेको छ । शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा सात/सात दिनमा परिक्षण गर्दा पोजेटिभ देखिए अरुलाइ सर्ने जोखिम नहुने चिकित्सकहरु बताउछन । `१० दिनमा नेगेटिभ आयो भने निस्कन मिल्छ । १४औं दिनमा आसोलेसन सकिए पछि निस्कन मिल्ने गाइडलाइन छ ,´डा : बास्तोलाले भने ,` नौ दिन पछि सक्रिय भाइरस देखिएको छैन । त्यसैले दोहोर्‍याए परिक्षण गर्नु जरुरी छैन । १४औं दिन पछि पुनः परिक्षण गर्नै पर्दैन । ´

डा बास्तोलाका अनुसार लक्षण नभएका संक्रमीत १० दिन पछि बाहिर निस्कन सक्छ्न । ` सिकिस्त लक्षण देखिएका २० दिन सम्म आइसोलेसनमा हुन्छन । अरु लक्षण भएका १४ औ दिन पछि थप ३ दिन बस्न सक्छन । लक्षण बिहिन संक्रमीत १० दिन पछि आइसोलेशन मुक्त हुन सक्छन । तर,सरकारले १४ दिन भनेकाले त्यसाइ फ्लो गर्दा राम्रो हुन्छ ,´ उनले भने,`१० दिन आइसोलेसन बसे पछि सक्रिय भाइरस रहदैन ,अरुलाइ पनि सर्दैन । ´

 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: