. बिबाहकै कारण एकै घरका ४ जनाको मृत्यु गाउँमा कोरोनाको संक्रमण तीब्र::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

बिबाहकै कारण एकै घरका ४ जनाको मृत्यु गाउँमा कोरोनाको संक्रमण तीब्र


जेठ २। बाग्लुङमा अहिले कोभिड १९को दोश्रो भेरिएन्ट तिब्र रुपमा फैलिएको छ ।

बाग्लुङमा सकृय संक्रमितको संख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ कार्यलय बाग्लुङले जनाएको छ । एक हप्ता अधि सम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १००को हाराहारीमा थियो । अहिले संक्रमितको संख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशन बिपरित भिडभाड र जमघट भएको बताउछन गलकोटका स्वास्थ कर्मिहरु ।

बैशाख महिनामा लगनको समय हुनाले अधिकामस ले धुमधाम संग विवाह ,चौरासी,बर्तमन ,पुजा गर्ने तथा समाजिक कार्य गर्ने भोजभतेर गर्ने तिब्र हुदा संक्रमण दरले समेत तिब्र रुप लिइएको हो । बैशाखको दोश्रो साता बढिगाउ गाउँपालिका ४ म भोजसहित बिबाह सप्पन्न भएको थियो । संयोग वा लेखान्त त्यसको केही दिनमै कोरोना संक्रमण पुष्टि भएर बैशाख २३ गरे धौलागिरी अस्पतालमा उपचार भइरहेको बेला बिबाह भोज गर्ने परिवारको मुख्य अभिभावकको मृत्यु भएको र अन्य सदस्य समेत संक्रमीत भएका छन ।

बिबाहमा थप सहभागीको पिसिआर परिक्षण गर्दा ३१ जनाको स्वाब परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको थियो ।यस्ले गर्दा संक्रमण दर बढाउने कारण बिबाह रहेको पुष्टि समेत गर्छ ।

कोरोनाकै कारण बडिगाडका एकै परिवारका ४ जनाको मृत्यु भएको छ । संक्रमण बाट बुबाको मृत्यु भएको एक साता पछि दुई छोराको संक्रमणका कारण मृत्यु भएको । बैशाखको दोश्रो साता आयोजना गरिएको बिबाह भोजकै कारण यस्तो घटना भएको बताउछन स्थानिय बासिहरु ।

धौलागिरी अस्पतालमा उपचारत बडिगाड ४ का ४० बर्षे पुरुषको बिहिवार राती मृत्यु भयो । मृतकका ८७ बर्षिय बाबुको यश अघिनै सोही अस्पतालमा बैशाख २३ गते मृत्यु भएको थियो । उनकै परिवारमा अर्को ५२ बर्षिय छोराको उपचारकै क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा बिहीवार रातिनै मृत्यु भएको छ । यस्तै शनिबार परिवारकै सदस्य ३५ बर्षे महिलाको धौलागिरी अस्पतालमा मृत्यु भएको हो ।

यसै क्रममा लापरबाही गरेको भन्दै बिबाहमा धेरै जन्ती लगे पछि बाग्लुङ नगरपालिका ८ सिगाना बाट बैशाख २२ गते बेहुलाका बाबू सहित जन्ती गएका ३ सवारी प्रहरिले नियन्त्रणमा लिइएको थियो । ७ जना मात्रै बिबाहमा उपस्थित हुन पाउने निर्णय भए पनि दुलाह पक्षले ३०० जन्ती लगेको थियो ।

जिल्लाको तारा खोलामा समेत बिबाह भोजकै कारण कोरोना फैलिएको पाइएको छ । जिल्लामा कोरोनाको दोश्रो लहर सुरु भए संगै संक्रमण तिब्र फैलिन थाले पछि आगामी जेठ १५ सम्म निषेधाज्ञा गरिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

धरानमा बन्दाकर्ता र मजदुर बिच झडप

प्रकाशित मिती : २०७७ माघ २२ गते , बिहिबार

स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुग्यो

प्रकाशित मिती : २०७८ भाद्र ९ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: