. बिराटनगरमा एम्बुलेन्स कोभिडका बिरामी बोकेर रात भर अस्पताल खोज्दै::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २७ गते , सोमबार

बिराटनगरमा एम्बुलेन्स कोभिडका बिरामी बोकेर रात भर अस्पताल खोज्दै


प्रदेश १ को झापा दमक सुदिप अधिकारी शुक्रबार राती कोरोनाको बिरामी लिइएर बिराटनगर गएका थिए ।

साथिका बाबुलाइ संक्रमण भए पछि उपचार गराउने अस्पतालको खोजिमा उनले रातभर एम्बुलेन्समा बिराटनगरमा फन्को मारे मोरङको बुढी गङ्गामा रहेको बिराट शिक्षण अस्पताल र नोबेल शिक्षण अस्पतालले उनलाइ बेड खाली नभएको जबाफ दिए ।

बिराटनगरमा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको ढोका पनि उनको लागि खुलेन निकै बेर सम्म अस्पतालको अगाडि बसे पनि त्यहाका कर्मचारी उठेनन । त्यस पछि एम्बुलेन्समै अक्सिजन दिदै दमक तिर फर्के । एम्बुलेन्समा अक्सिजन दिएर बिरामिलाइ रातभर अस्पतालको फन्को लगाइयो ,अधिकारिले भने । कुनै अस्पतालमा पनि बेड नभएकाले लिन सकिदैन भन्ने जबाफ आयो । कोशिमा त धेरै बेर गेट बाहिर बस्दा पनि कोहि नउठेपछि फर्कियौ । बिरामिलाइ कोशी अस्पताल लगिएको थियो । त्यहा बाट कोशी कोभिड अस्पताल पठाइयो ।

केही नलागे पछि संक्रमितलाइ फर्काएर बिहान ६ बजे तिर दमककै एडभान्स अस्पतालमा लगेर राखियो अधिकारीले सुनाए । `नोबेल र बिराटले बेड नभएको भनेर लिनै मानेनन् ´, उनले भने,स्वास्थ कर्मी र कर्मचारीले भुइँमा पनि बिरामी राख्ने ठाउँ छैन भनिरहेका थिए । संक्रमितले अस्पतालमा भर्ना नपाउदा फर्काएर लैजाने उनी जस्ता धेरै छन । कोरोना संक्रमण तिब्र रुपमा फैलिन थाले संगै संक्रमितको उपचार गराउने अस्पताल बिरामिले भरिएका थिए । यहि बेला आइसियु र भेन्टिलेटर चाहिने गम्भीर प्रकृतिका बिरामीको संख्या पनि बढिरहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका सुचना अधिकारी अनुप राजबंसिको भनाइ छ ।

उनका अनुसार अस्पतालमा बेड खाली नहुदा आइसियु र भेन्टिलेटरमा आवश्यक पर्ने बिरामी पनि फर्काउनु पर्ने अवस्था छ । नोबेल शिक्षण अस्पताल इन्चर्ज सुनिल देबले पनि संक्रमितलाइ भर्ना लिन नसक्ने अवस्था बताए । अहिले १ सय ३८ संक्रमितको उपचार भइरहेकोमा ३२ जना आइसियु र १० जना भेन्टिलेटर रहेको उनले जानकारी दिए । नोबेलमा आइतबार दिउँसो सम्ममा २ सय १३ जना संक्रमितको उपचार भइ रहेको छ ।

प्रदेश सरकारको आइसियुमा एक जना बराबर १५ हजार रुपैया दिने र बिरामिको सबै उपचार अस्पतालले गर्नु पर्ने सर्त राखेको थियो । तर,घाटा लाग्ने भएकोले त्यो रकममा उपचार गर्न नसकिने अस्पतालले जनाएपछि काम अघि बढ्न नसकेको सामाजिक बिकास मन्त्रालले जनाएको छ । मन्त्रालयलेका सचिब गोबिन्द बहादुर कार्किले संक्रमितको उपचारलाई प्रभावकारी बनाउन द्रुत हिसाबले काम अधि बढाइएको बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

प्रदेश १ मा थपिए ७२५ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ बैसाख २४ गते , शुक्रबार

इटहरीको एक प्लाइ उद्योगमा भीषण आगलागी

प्रकाशित मिती : २०७७ चैत्र २३ गते , सोमबार

वृद्धि भएको शुल्क फिर्ता माग गर्दै विद्यार्थीहरु आन्दोलित

प्रकाशित मिती : २०७७ चैत्र ६ गते , शुक्रबार

सिफारिस

कोशी अस्पताल बाट नक्कली डाक्टर पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

शौचालय जाने क्रममा भिर बाट लडेर एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र ९ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: