. भोजपुरको देउरालीमा ५० शौयाको अक्सिजन सहितको कोभिड अस्पताल स्थापना हुने::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २९ गते , बुधबार

भोजपुरको देउरालीमा ५० शौयाको अक्सिजन सहितको कोभिड अस्पताल स्थापना हुने


बैशाख भोजपुर २९।पुर्बी पहाडी जिल्ला भोजपुरमा पनि दोश्रो लहरको कोरोनाको प्रभाव विभिन्न पालिकामा बढे संगै भोजपुरमा अक्सिजन सहितको ५० बेड क्षमता भएको कोभिड अस्पतालको स्थापना गरिने भएको छ ।

भोजपुर नगरपालिका -६ देउरालीमा रहेको शैक्षिक तामिम केन्द्रको भवनमा स्थापना गर्न प्रस्ताव गरिएको २० बेड क्षमताको अक्सिजन सहितको कोभिड अस्पतालको क्षमता बिस्तार गरि ५० बेडको स्थापना निर्णय गरेको जिल्ला सकट ब्यबस्थापन केन्द्र र सहल्लाकार समितिलो सयुक्त बैठकले निर्णय गरेको हो ।

बैठकले जिल्ला भित्र रहेका पालिकाहरुले न्युनतम ५ बेड अक्सिजन सहित र भोजपुर नगरपालिकाले वडा नम्बर १२ टक्सारमा रहेको पर्यटन सुचना केन्द्रको भवनमा १० बेड क्षमताको कोभिड अस्पताल स्थापना गरि सञ्चालन गर्ने अघिल्लो निर्णय समेत कार्यन्वयन गर्ने भएको हो ।

अस्पताल ब्यबस्थापनका लागि आवश्यक १० जना स्वास्थकर्मी भोजपुर नगरपालिकाले स्वास्थ कार्यलय र अन्य पालिका संग समन्वय गरि ब्यबस्थापन गर्ने र सो कार्यकालागी समन्वय अधिकारी मदमद शेरे मुस्ताफा संयोजक रहेको समिती गठन गर्ने केन्द्रको बैठकले निर्णय गरेको छ । समितिका अन्य सदस्यहरुमा पत्रकार महासघ भोजपुरका अध्यक्ष एक्सन राइ,नेपाल रेडक्रस सोसाइटी भोजपुरका कार्यक्रम अधिकृत तेजबहादुर श्रेष्ठ ,उद्योग बाणिज्य संघका अध्यक्ष धुब्रराज श्रेष्ठ ,स्वास्थ कार्यलयका प्रमुख फडिन्द्र थापा सदस्य सचिब रहनु भएको छ । उत्त समितीले कार्यबिधी निर्माण गरि कार्य गर्ने फडिन्द्र थापाले सिद्धकाली डटकमलाइ जानकारी दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

बिश्वकै पहिलो १८ जिबि र्‍याम भएको स्मार्ट फोन सार्बजनिक

प्रकाशित मिती : २०७७ फागुण २३ गते , आइतबार

भिर बाट अरुण नदिमा खस्यो टिपर धनकुटाका युवाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

भोजपुरमा बोलेरोले किच्दा घटनास्थलमै चालकको मृत्यु

प्रकाशित मिती : २०७७ पुष १० गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: