. भोजपुरमा फौजी किराले मकै वारि सखाप किसानहरु चिन्ताजनक::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ९ गते , आइतबार

भोजपुरमा फौजी किराले मकै वारि सखाप किसानहरु चिन्ताजनक


जेठ ०९ भोजपुर । भोजपुरमा अमेरिकी फौजि किराको प्रकोप फैलिएको छ । गोड्नेबेलामा फौजी किराको प्रकोप फैलिए पछि किसानहरु चिन्तित बनेका छन ।

जिल्लाको भोजपुर नगरपालिका,रामप्रसाद राई गाउँपालिका ,षडानन्द नगरपालिकामा र अरुण गाउँपालिकामा फौजी किराको प्रकोप बढेको छ । जिल्लाको २ नगरपालिका र ७ गाउँपालिकाको सबै स्थानिय तहम फौजी किराको कोबरा इमामेक्टिन ५% डब्लु.डि.जि बायो किटनास पठाइ सकेको कृषि ज्ञान् केन्द्र भोजपुरका सुचना अधिकारी बिश्वास अंगाईले सिद्धकाली डट कमलाइ जानकारी दिनु भयो ।

अंमगाई का अनुसार बढी पानी परिरहने क्षेत्रमा फौजी किराको प्रकोप कम देखिएको छ । सुख्खा मौसम र बढी घाम लाग्ने क्षेत्रमा धेरै नष्ट गरेको छ । फौजिकिराको प्रकोप बढेकोले सबै स्थानीय तहमा निशुल्क किटनासक औषधि बितरण गरिएको छ । हाल जिल्ला कृषि कार्यलयमा किटनासक औषधिको जम्मा करिब ४ हजार प्याकेट जति खरिद गरेको हो । बजेट अनुसारको औषधी खरिद प्रक्रियामा ढुवानीमा समस्या भइ रहेको जानकारी गराउनु भयो ।

हाल ट्यामेमयुङ गाउँपालिकामा भने कहिँ कहि मात्र देखा परेको छ । २०७६ सालमा जिल्लाका अधिकास बेसि भुभागका गाउँहरुमा मकैको बीउ पनि फिरेको थिएन । गत बर्ष जिल्लाका सबै पालिकामा किटनासक औषधि बितरण गरेको थियो । फैजी किराको प्रकोप बढे पनि किटनासक औषधि र अध्याधिक बर्षका कारण मकै बाली बाट सामान्य रुपमा किसानहरु खुसी भएका थिए ।

यो बर्ष मकै गोड्नेबेलामा फौजी किराको प्रकोप देखिन थाले पछि किसान चिन्तित बनेका छन । ग्यान केन्द्रले यो वर्ष जिल्लाको कति क्षेत्रफलमा किराको बढी प्रकोप छ गाउँपालिका संगको समन्वयमा तथ्यांक संकलन गरिरहेको बताउनु भयो । फौजिकिरा देखिन थालेको २ बर्ष सम्म पनि जिल्लाको जिल्लाको कति क्षेत्रफलमा यसको प्रकोप छ कुनै अनुसन्धान नगेको कारणले यश बर्ष पनि कृषकलाइ प्रयाप्त किटनास औषधि उपलब्ध नहुने निश्चित छ । फौजी किराको अत्याधिक प्रकोप बढन थाले पछि पालिकाहरु नियन्त्रणका लागि सकृय देखिएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा चौथोपटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

प्रदेश नम्बर १ मा हाल सम्मकै बढी कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

बिश्वकै पहिलो १८ जिबि र्‍याम भएको स्मार्ट फोन सार्बजनिक

प्रकाशित मिती : २०७७ फागुण २३ गते , आइतबार

कोरोनाको कारण एकै परिवारमा ४ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २५ गते , शनिबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

घाटिमा ढुङ्गा अड्किदा १६ महिने बालकको मृत्यु -सिद्धकाली खबर

प्रकाशित मिती : २०७७ मंसिर १० गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: