. समयमै रगत नपाउदा अकालमै गयो सुत्केरीको ज्यान::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २८ गते , मंगलबार

समयमै रगत नपाउदा अकालमै गयो सुत्केरीको ज्यान


बैशाख २८ । संखुवासभाको किमाथांकामा सोमबार सुत्केरी बेथा लागेपछि संखुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका ३ कि २६ बर्षिय सिर्जना कुलुङलाई ताकु प्राथमिक स्वास्थ केन्द्रमा भर्ना गरिएको थियो । केन्द्रमा भर्ना भएको केही घण्टामै कुलुङले केही समयमै बच्चा जन्माइन । जम्मिएको केही समय पछि सुत्केरीको रक्तस्राव हुन थाल्यो । अत्याधिक रक्तस्राव भए पछि उस्लाइ थप उपचारको लागि खादबारी अस्पताल पठाइएको थियो ।

सदरमुकाम खादबारी लैजाने क्रममा सिलिचोङ -३ कि सुत्केरीको सोम्बार राती ७ बजे मृत्यु भएको सोही वडाका वडा अध्यक्ष प्रताप सिह तामाङले जानकारी दिए । जिल्ला अस्पताल खादबारी ल्याउने क्रममा खादबारी १० चन्दनपुर आइपुगेपछि मृत्यु भएको वडा अध्यक्ष तामाङले बताए ।

स्वास्थ केन्द्रमा सुत्केरी गराउन आएकी कुलुङमा अत्याधिक रक्तस्राव भए पछि ताक्कु प्राथमिक स्वास्थ केन्द्रले थप उपचारका लागि जिल्ला अस्पताल रेफर गरिएको ताम्कु प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डा: भारती पण्डितले जानकारि दिए । शिशु जन्मिए देखिनै थप अत्यधिक रक्त श्राप भएको र साल अड्किए पछि थप उपचारका लागि सदरमुकाम खादबारी जिल्ला अस्पताल रेफर गरिएको थियो ।

रक्तस्राव भए पनि उनलाइ तत्काल रगत चाहिने भए पछि ताम्कु प्राथमिक स्वास्थ केन्द्रमा उपलब्ध नभए पछि थप उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको उनका श्रीमान बलिराम कुलुङले जानकारी दिए । सदरमुकाम सङ्ग सडक सञ्जाल नजोडिएको सिलिचोङमा गाडी ओहोरदोहोर हुन सक्दैन कच्ची बाटो र समयमा एम्बुलेन्स नपाएको कारण श्रीमतिको बाटैमा मृत्यु भएको उनका श्रीमानले दु:ख पोखे ।

राष्टपती महिला उत्थान कार्यक्रमले सुत्केरी तथा गर्भवतीलाई निशुल्क उद्दार गर्ने गरे पनि दुर्गमका नागरिक कुनै ज्ञान् नभएको घटना भएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

एटीएम मेसिन तोडफोड गर्ने एक जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

ख्याल ठट्टा हासो मजाक माया नसम्झ – नेपाली गजल

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

पानी सर्किएर २४ बर्षे युवकको मृत्यु

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

कक्षा १० र १२ को परिक्षा अन्योलमा

प्रकाशित मिती : २०७८ बैसाख २२ गते , बुधबार

इञ्जिनीयरिङ कलेजलाई पढाइ शुल्क नलिन सरकारको पत्राचार

प्रकाशित मिती : २०७८ भाद्र ९ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: