. साकेला कसरी उत्पति भए ।::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

साकेला कसरी उत्पति भए ।


जेठ १२।  किरात राइह सामुदायको मुन्दुम एवम् प्राचीन मिथक अनुसार अघि हर्कम्बुङ राई किरातिको बंशमा हेचुकुप्चा नाम गरेका महापुरुष उत्पन्न भए । उनकी श्रीमतिको नाम नालुङमा थियो । एकदिन हेचुकुप्चाले एउटा ढुकुरलाइ पासोमा पारेर मारे । उनले त्यो ढुकुरलाई घरमा ल्याइ मासु पकाएर गाडचाही बारिमा फालिदिए । केही समय पछि ढुकुरको गाड फालेको स्थानमा धान ,मकै ,कोदो,फापर आदि अन्न र फलफुलका बिरुवा उम्रिए । त्यसको केही समय पछि ती बिरुवामा फल लागे र पाके यसरी पाकेको अन्न खानु हुन्छ कि हुदैन यो बिषयमा हेचुकुप्चा र नालुङमाका बिचमा लामो छलफल भयो ।

यश बिषयमा नालुङमाले आफ्नो बारिमा फलेको फल खानुहुन्छ भन्ने राय राखिदिन्छन । तर हेचुकुप्चा यश कुरामा असहमत भए । उनले अन्न हरु बिसालु हुने भएकाले खान नहुने तर्क राख्छन् । जबाफमा नालुङमाले भनिन `यी अन्न हरु खादा हामिलाइ केही हुन्न किनकी यहि अन्न र फलफूल खाएर ढुकुर त मरेन अनि त्यही ढुकुरको मासु खाएर हामी त मरेनौ तब हामिले यो अन्न र फलफूल किन खान नहुने ?

श्रीमती नालुङमाको तर्क ठिकै लाग्यो । उनिहरुले बारिमा फलेको अन्न पकाएर खाए । नया अन्न पकाएर खाए पछि उनिहरु बिरामी परे । हेचुकुप्चाले बिसालु अन्न पकाएर खाएकोले बिरामी परेको तर्क गरे तर ,नालुङमाले उक्त अन्न बिसालु नभएर पितृलाइ नयाँ अन्न नचडाइ खाएको बिरामी परेको तर्क गरिन । अर्को साल पनि बारिमा फलेको अन्न फलफुललाई नचडाइ खाने बाचा गरे । तर उनिहरुलाइ पाकेको अन्न कुल पितृलाइ कसरी चडाउने भन्ने ज्ञान थिएन ।

जति खोजी गरे पनि मुदुम फलाक्दै कुल पितृलाइ नयाँ अन्न चडाइ दिने धामी नेछुङ फेला पार्न सकेनन् । त्यस पछु श्रीमतिले श्रीमानलाइ नै धामी हुन आग्रह गरिन । उनको आग्रह केचुकुप्चाले नुहाइ चोखो नितो भइ चुलोको छेउमा बसेर नया अन्न चडाउन तयार पारिएको चोखो जाड चिण्डोमा राखि अधुवा र जाड चडाउदै पितृको पुकार गरे । यतिकैमा उनलाइ कम्प छुट्यो र जोड सङ मुन्दुम फलाक्दै सुन्मिमा र पारुहाङ र मानव पुर्खा हरुको उत्पती कसरी भयो बताउन थाले । सो क्रमामा पुर्खा हरुको नामावली फलाक्दै आफ्नो पालो सम्म ल्याइ पुर्‍याए । अनि उनी बसे ठौअ बाट उठेर दौडिए र आगनमा पुगेर आगनमा चिण्डोमा जाड छर्कदै आगन खन्न थाले । त्यहाँ एउटा ठूलो चिल्लो ढुङ्गा फेला पारे । उक्त ढुङ्गालाइ जाड छर्कदै पुजा गर्न थाले । जाड पर्न साथ उत्त ढुङ्गामा पानी उत्पन्न भै बाफ बनेर आकाश तर्फ उड्थ्यो र भएन्कर आवाज सहित मेघ गर्जन थाल्यो ।

हेचुकुप्चाले भने जोड जोड मुदुम फलाकिरहेका थिए । उता नालुङमाले पनि निनाङमाको पुकार गरिरहिन । मुन्दुम फलाक्दै उक्त्त ढुङ्गामा ७ पटक सम्म जाड चडाइ रहे त्यस पछि हेचुकुप्चाको कम्पन मथर भयो । त्यस पछि नालुङमालाइ नाच्दै आफ्नो पछाडि आउन भने । नालुङमाले सोही अनुसार नाचिन त्यस पछि उत्त ढुङ्गालाई सात चोटि सात चोटि दायाँ बाट र सात चोटि बायाँ बाट सात दिन सम्म सिलि नाचे । उनिहरु नाचेको सिलि दिदी हरु र तायामा खियामाले नाचे अनुरुप थियो ।

यसरी ७ दिन सम्म नाछे पछि निनाङमा परमेश्वर बाट हेचुकुप्चालाइ एउटा श्रीपेच र धनुकाँड अनि नालुङमालाई एक जोर झ्यम्टा प्राप्त भयो । यसरी उतपन्न भएको साकेला उनिहरुले एउटा स्थानमा स्थापना गरे । सो थानलाई साकेला थानको नामले पुकार्न थाले ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

झुम्कामा थप १ जनाको कोरोना संक्रमणको कारण मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: