. पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी


जेठ १७भोजपुर । भोजपुरको पौवादुङ्म्मा गाउँपालिकामा रहेको च्याङ्रे पोखरी धार्मिक महत्वका साथ पर्यटकको आकर्षक केन्द्र बनेको छ ।

भोजपुरको पुर्बी च्याङ्रे बुधबार हाट बजार लाग्दै आएको पुरानो ठाउँ हो । पोखरीको प्राकृतिक आनन्द लिन जिल्ला भन्दा बाहिर र भित्रका आन्तरिक पर्यटक आउने गरेका छन । जिल्लाको मुख्य ठाउँ मानिने तिवारी भञ्ज्याङ् बाट करिब ५ किलोमीटरको दुरिमा अबस्थित छ । मध्य पहाडी लोकमार्ग जोडिने भएकाले पनि पोखरी घुम्न आउनेहरुको आगमन बढेको हो । बाह्य पर्यटकलाइ ध्यानमा राख्दै पोखरीको भौतिक पुर्बधार निर्माणमा ठोस योजना बनाउन सके आएश्रोतमा टेवा पुग्ने मिलन श्रेष्ठले बताउनु भयो ।

उनले पोखरीको बृहत योजनामा स्थानीय तह र सरकारले ध्यान दिए सरकारले पर्यटन प्रर्बधन योजनामा सहयोग पुग्ने बताए । करिब १९ रोपनी क्षेत्रफलमा फैलिएको एतिहासिक धार्मिक महत्त्व बोकेको बर्षै अघि देखि यहाँ च्याङ्रहरु आएर पोखरीको पानी खाने ,पानी खाएर दिनभर पोखरीमै आरम गर्ने भएकाले च्याङग्रे पोखरी नामाकरण गरिएको किम्बदन्ती छ । जुनसुकै खडेरिमापनी पानी नसुक्ने ७२ बर्षे गोबिन्द भट्टराईको भनाइ छ । उनी भन्छन ,` म सानो छदा देखि यो पोखरी थियो । पोखरामा पानी सुकेको छौन ,केही दैबिक शक्ति छ जस्तो लाग्छ ,पहिले सुख्खा ठाउँ थियो अरे अचनाक खडेरिको बेला बेलुका सम्म ठिकै थियो अरे बिहान पानी उम्रिएको थियो । त्यही बेला पितौलामा पनि पानीको ठूलो पोखरी थियो । त्यहा पानीको मुहान सुकेपछी पोखरी फुटेको समयमा च्याङ्ग्रेमा पानी उम्रिएको हाम्रा पुर्खाहरुले सुनाउथे के हो थाहाछैन तर केही दैबिक शक्ति पनि छ ।´

पोखरीको बिच भागमा रहेको पञ्चकन्या मन्दिरमा धार्मिक भक्तालुहरुले पुजाआज गर्ने गरेका छन । पोखरी र मम्दिर संगै जोडिएकाले पबित्र धार्मिक थलो मानिन्छ ।पोखरिको सुन्दर दृश्यमा रमाउने पर्यटकहरुको आगमन संगै च्याङ्र्गे बजारका होटल लज र पसल खोलिने क्रम बढेको छ । पोखरीलाई गन्तव्यको रूपमा बिकास गरिनुपर्ने स्थानीयबासी बताउछ्न ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

चिनमा फेरि पुरुषमा बाझोपन देखिने रोगको त्रास

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

खोटाङमा घाँस काट्ने क्रममा भिर बाट लाडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

वृद्धि भएको शुल्क फिर्ता माग गर्दै विद्यार्थीहरु आन्दोलित

प्रकाशित मिती : २०७७ चैत्र ६ गते , शुक्रबार

भोजपुरको याङपाङमा एक घर एक धारा अभियानमा घर घरमा धारा जडान

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: