. असुरक्षित नारी -कविता::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

असुरक्षित नारी -कविता


धिक्कार छ चेली हाम्रो जन्मलाइ,धिक्कार छ!
खै कहाँ छोडयो नारीको स्वतन्त्रता,
पानामै सिमित रह्यो हैन??

खै कहिले सम्म हो छोरीको जिबन ?
जवानी फुल्नै नपाइ चुडिन्छ हैन?
कुन्नि कति छ्न यो देशमा गिद्धे नजरहरु?
न हिड्न पाउछिन न एकान्त रहन
नत निडरता पुर्बक बाच्न पाउछिन
न दिल खोलेर हास्न
सक्दैन कोहि युवती एक्लै देखि सहन्न
अरुको के कुरा?यहाँ आफ्नै छोराद्वारा आमा अनि आफ्नै बाउकै छोरी त पबित्र रहन्न।

धिक्कार छ त्यो बाउलाइ जस्ले आफ्नै छोरिको बलात्कार गर्छ
,धिक्कर छ त्यो छोरालाई जस्ले आफ्नै जन्म दिने आमाको बलात्कार गर्छ। छि!
धिक्कार छ ती सबैलाई जस्ले नेपाल आमाको पटकपटक बलात्कार गर्छन।
धिक्कार छ हामि छोरीलाई, जस्ले अरुको प्रेम अस्वीकार गरेकै भरमा आफ्नु जिन्दगी नै दाउमा लाउनुपर्छ।
(धिक्कार छ चेली),हाम्रो अस्तित्वलाई,
कोहि अरुको कारण समाजमा घृणित भएर भाच्नुपर्छ।

जो बिना एउटा घर डढेलो लागेको जङ्गल झै हुन्छ
जस्को अभावमा बिना फुलको बगैंचा झै उराठिलो हुन्छ घर ,
जो नभैदिएको भए सृष्टि नै चल्दैन भने
आज उसैको जीवन सुरक्षित छैन उहीँ आफू घना जङ्गलको बीचमा बाघसंग डराएझै डराएर बस्नु परिरहेछ।
यहाँ जन्मदाता को सुरक्षा छैन भने देश कसरी सुरक्षित हुन्छ भन्ने आश राखौ खै?
धिक्कार छ नारी हाम्रो जीवनलाई ।

खै कहाँ छ नारीको स्वतन्त्रता ?
आखिर लिखितै कायम रहयो हैन?
थाह छ? यो त एउटा भनाइ मात्र हो,
छोरी लक्ष्मि हुन् ,नारी दुर्गा को रुप हुन्
अनि ईश्वरका वरदान हुन् रे,
वाह्!ईश्वरका वरदान मानिने छोरी,
विडम्बना !बलत्कारीलाइ वरदान भए
(हो बलात्कारिलाई बरदान भए छोरी)
धिक्कार छ चेली हाम्रो जन्मलाइ,धिक्कार छ।।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

छिमेकीको कुटाइ बाट ६० बर्षिय महेश कुमार खड्काको मृत्युु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

सिफारिस

मोरङमा ATM तोडफोड गर्ने २ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

मोरङमा आगलागीबाट १ घर जलेर पुर्णरुपमा नष्ट

प्रकाशित मिती : २०७७ पुष १८ गते , शनिबार

अज्ञात व्यक्तिद्वारा विद्यालयमा तोडफोड

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: