. जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)


कोरोना कथा
`ए साईला दाई हाम्रो पालिकामा कोरोनाको खोप लगाउने अरे हो ? ´हर्केको प्रश्नले साईला खैनी च्याप्नै लागेको मुख आ पारेको पारेको पारै हुन्छ `होइन ए साइला दाइ ´हाम्रा पालिकामा पनि कोरोनाको खोप लाउने अरे नि हो ?हर्के पुन :सोध्छ साईला मुखमा खैनी च्याप्दै लरबरिएको स्वरमा भन्छ ,`भन्न त त्यसै भन्छन पुरै गाउँमा मुन्छेहरु ।´

हर्के जोड दिदै भन्छ ,`अनि हावा कहिले तिर खोप लाउने अरेत साइला दाइ ?`साईला जिब्रोले खैनी मुखको कुना तिर ठेल्दै भन्छ ,`कोरोनाको खोप लगाउने भनेको त एक बर्ष देखिनै समाचार आका आइ छन ,तर अहिले सम्म हाम्रो पालिका तिर खोप आको हैन । बरु ए हर्के भाइ!तिम्रो घर वडा अध्यक्षको छेउमै छ त तिमिले बुझेर मलाई पनि भन है ।´हर्के भन्छ ,`वडा अध्यक्ष को घर मेरा घर छेउमा भएर के गर्नु । कोशौ टाढा भए जस्ता छन । केही कुरा सोध्योकी टार्न मात्र खोज्छन । ए साईला दाइ!तिम्रो घर छेउ वडा सदस्यको घर छ त उनैलाइ सोधन मलाइ पनि भनन है , ´`साईला भन्छ मेरो घर छेउमा वडा सदस्यको घर भएर के गर्नु । केही कुरा सोध्न खोज्योकी मुन्टो बटारेर हिडिहाल्छन । अब कुन दिन खोप लगाउने हो ? भनेर पालिका कार्यलयले माइकिङ गर्लानी त ? बरु कानचाही ठाठाढा पारेर बस्नु पर्ला है हर्के भाइ ।´

हर्के पुन भन्छ ,कोरोनाको खोप लगाउन पाए त कोरोना लाग्दैछ र ज्यान जोगिन्छ कि भनेर नि । बिदेश तिर त कोरोनाको खोप लगाइसकेका मुन्छे हरु माक्स नगाइ हिड्न सक्ने भइ सके हैन ,साइला दाइ ?`साइला भन्छ ,हर्के भाइ तिमिले भनेको ठिकै हो क्यार!अरब तिर गएको हाम्रो केटोले त कोरोनाको खोप लागाइ सकेछन ।झन उता युरोप अमेरिका तिर त सबै जसोले खोप लगाइ सकेर ढुक्क भइ सकेछन ।´

हर्के चाख मान्दै साईलालाइ भन्छ ,`हैन नेपालमा पनि चालिस लाख डोज भन्दा धेरै खोप कोरोनाको आइसकेको भन्छ त टिभी तिर समाचारले, चिन बाट पनि १० लाख खोप आयो भन्छ । ती खोप चाहिँ कता गए त ?`हर्केका कुरा साइला भन्छ ,काठमाडौमा साम्सद हरु र तिनका जन परिवार र नातेदारले पनि सुटुक्कै खोप लगाएको भनेको समाचार हरु सुनेनौ ,पढेनौ ? सकेहोलानी त्यसै गरेर मन्त्रीले ,तिनका जनपरिवारले ,नातेदारले हाकिम हरुले ,तिनका पनि आसेपासे हरुले भित्र भित्रै लगाएर । ´

च्युउडो हातले समाउदै एक छिन गम खादै केही सम्झेझै गरि हर्के भन्छ ,`अ अ बिराटनगरमा पनि केही दिन अगाडी सरकारको पाटी कार्यकर्ता र तिनका नजिकका उद्योगपति ब्यापारीहरुलाइ छानबिन सिटिबजार हो कि के मा सुटुक्क बोलाएर कोरोनाको खोप ख्याप्पै लगाए भनेर फ्याक्सुबुक ्् खोप बनाउने ईन्डियाको सिरम कम्पनीले नेपाल सरकारले दशलाख डोज कोरोना खोप किन्न पठाको पैसा क्वाप्लकै खायो अरे त । खोप पठाउन सक्दिन भन्छ पो अरे त ।

साईला कसैलाई गिज्याएजस्तो गरेर निच्च दात देखाउदै भन्छ बल्ल कुरा बुझ्यौ हर्के भाइ । जिल्ला तिर आका खोप पनि पहुँचवालालेनै हानेर सके होलान । यसरी खोप जति पहुँचवाला र ठुला बढाले हानेर सकिहाल्छ्न । भएन खोप किन्ने पैसा पनि इन्डियाले पचाउछ । अनि तिमी हामी त कोरोनाको सोत्तर साईलाको कुर सुनेर हर्के तरङ्ग तर्सिन्छ । अनि भन्छ ,`अबुइ यसो नभनन साइला दाइ मेरो त सातोनै गयो हाव ।´

नभन्दै पालिका कार्यलयले खोप लगाउने दिन तोक्दै माइकिन गर्छ । सुचना पनि जारी गर्छ । जनताहरु खुसी हुन्छन् ,लौ कोरोना खोप लगाएर ज्यान जोगिने भो अनि पालिका र सरकारले राम्रो काम गरे भनेर । कोरोना खोप लगाउने आफ्नो पालो परेको दिन जनताहरु खोप केन्द्र तिर लाग्छन । यता साईला र हर्के पनि खुसी हुँदै खोप केन्द्र तिर लाग्छन् आफ्ना जहान परिवार संगै लाग्छन तर ,दिनभरी लाइन बस्दा समेत कोरोना खोप लगाउने पालो आउदैन । जनताहरु कोरोना खोप लगाउने स्वास्थकर्मी सोधपुछ गर्न थाल्छन । किन हाम्रो पालो आएन ? भनेर स्वास्थ कर्मिहरु भन्छ्न ,`देख्नु भएन ?कोरोनको खोप मेयर ,उपमेयर,वडा अध्यक्ष, वडा सदस्य अनि उनिहरुको जहान परिवार र नातेदारले पहिला लगाउनु पर्ने भएकोले तपाईंको पालो नआएको । अब भोलि आउनु। ´

फेरि जनताहरु भोलि पल्ट खोप केन्द्र पुग्छन । तर,तोकिएको समयमा पालो आउदैन भएछ के भने कर्मचारी ,शिक्षकहरु,विभिन्न संघ सस्थाला पदाधिकारी चिनेजानेकाहरु,तिनका बिज्नेस पाटनर ,ठेकेदार ,टाठा बाठाले पालो मिचेर खोप लगाएको दोश्रो दिनपनी पालो आउदैन । सर्बसाधरण हरु तेस्रो दिन पनि खोप केन्द्र पुग्दा नचिनेका मान्छेहरु र अर्का पालिकाका मान्छेहरु र नेताका मान्छेहरूको भिड लागेको देखिन्छ ।

अब चाहिँ जनताले कुरा बुझछन ,अब यहाँ केही गडबढी भइ रहेको छ भनेर । जनताहरु धादली भएको भन्दै होहल्ला गर्न थाल्छन । `हाम्रो पालिकाका लागि आएको खोप अर्का पालिकाको मान्छेलाई लगाउन पाइदैन भनेर नारा लगाउन थाल्छन । यति नारा के लगाउछन थाल्छन बिजुली चम्किए जस्तै जनताको टाउकोमा लाठी बज्रन थाल्छन् । स्थिति तनावपुर्ण हुन्छ । स्वास्थकर्मिले अर्को दिन आउन सहल्ला दिन्छन ।

अर्को दिन जनताहरु खोपकेन्द्र पुग्छन तर ,खोप लगाउने छाटकाट देखाउदैनन । किन त ? जनताहरुले सोध्दा ,`खोप नै सकियो भनेर उत्तर आउँछ ।´`कसरी सकियो जनताले लगाउदै नलागाइ सकियो ? भनेर सोध्दा रात भरी अन्य तिरका पहुँचवला मान्छेहरुलाइ लगाएर सकियो ´ । जसरी जनताको टाउकोमा बिजुली बर्षिय जस्तै जनामा माथी लाठी चार्ज हुन्छ । आज चाहिँ जनताहरु प्रतिकारमा उत्रन्छन । स्थिति ठेग्नै नसन्के हुन्छ । बाध्य भएर स्वास्थ कर्मिहरु जनालाई खोप लगाउन थाल्छन ।

तर सोझा जनता लाई के थाहा उनिहरुलाइ हिजो अस्तिनै अरुलाइ लगाइसकेका कोरोना खोपका खाली सिसि त्यतिकै सुइ चोपेर हवा तान्दै लगाइरहेका छन भनेर । यतिकैमा साइलाको पालो आउँछ । साइला स्वास्थ कर्मिलाइ सोध्छ ,बहिनी कोरोना खोपको सिसिमा दबाइनै छैन जस्तो छ त ?स्वास्थ कर्मी महिला भन्छिन । हैन हामी स्वास्थ कर्मी हामी कि तपाई ?अब हामिले दबाइ छ भने पछि छ के सुइ लगाइसके पछि साइला `लौ हामी सोझा जनतालाई त खाली शिशिमात्र बाकी रहेछ ´भन्दै होहल्ला गर्न थाल्छन ।

अब पालो आउँछ हर्केको ,हर्के पनि साईलाको जस्तै प्रश्न राख्छ ,हैन बहिनि हामि जनतालाई शिशिको हावा मात्रै लगाउने हो ?स्वास्थ कर्मी भन्छिन ,खोप जति अन्य पालिकाका पहुचवालाइ लगाएर सकितो क्या । त्यै पनि बाहिरका मान्छेहरूलाइ लगाएका खोपको शिशिमा रहेको रहलपल भए पनि तपाईंहरुलाइ लगाइदिएको नि । ´बिचमै हर्के प्रश्न गर्छ ,`अन्तका मान्छेलाइ खोप लगाए पनि नसकिनु पर्ने हो त ? किनकी हामी जनता भन्दा अन्तका मान्छेहरु धेर नहुनु पर्ने हो । यत्तिकैमा वडा अध्यक्ष आएर भन्छन´` ए हर्के,कति कचकच गरि रहन्छस । खोप हान र खुरुक्क गैहाल ।´ तर हर्के भन्छ ,` त्यसो भए कोरोनाको खोपले भरिएको शिशीको खोप लगाइदिनुहोस न त ।´वडा अध्यक्षले झकिदै भन्छन ,`यस्ले किन कुरा नबुझेको होला ? हरे शिव अब माथिबाट आदेश आए पछि के गर्नु ? आधाउधी कोरोनाको खोप त प्राइभेट अस्पताललाई बेचियो क्या हर्के भाइ । अब तिमिलाइ कोरोना लाग्यो भने त्यो प्राइभेट अस्पताल तिरै जानू ।´ अब जनताहरु भने तर्क बितर्क गर्न लाग्छन । भएको खोप बेच्ने अनि जनतालाइ चाहिँ खाली शिशिमात्र बाकी राख्ने ?´भनेर

यतिकैमा मेयर आइपुग्छन र भन्छन । तिमी सर्ब साधरण जनतालाई खाली शिशी भए पुग्छ । कमसेकम कोरोनाखोपको हावा त लगाउन पाएका छौ । त्यो हावा पनि कोरोनाखोपको तत्व हुन्छ भन्छन । `मैले मरो पालिकामा यति त काम गरेको छु । अरु तिर त त्यो खाली शिसी र हावा पनि पाएका छैनन ।

यतिकैमा उपमेयर पनि भन्छिन । `अरु तिर त कोरोना खोपलाइ बेरेर ल्याएको कुटको खोस्ट पनि पाएका छैनन । तिमी जनताहरु धेरै करायौ भने त्यही खोस्टा बाँढिदिउँला घरमा गएर कुटुकुटु खानु क्या । ´

मेयर उपमेयरनै यस्तो भनेपछी त्यहा होहल्ला हुन्छ ।नाराबाजी हुन्छ । अन्त्यमा मेयर, उपमेयर ,वडा पदाधिकारी हरु एउटै स्वारमा भन्छन । `तिमी जनताहरुलाई दिने यतिनै हो ,कोरोना खोप खाली शिसी र हावा अनि खोस्टा ।´ पालिका सन्देश । कुनै पालिका सग मेल खान गएमा क्षमाप्रार्थी छु यो कथा समयानुसार काल्पनिक गरिएको हो ।

 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

झापामा सवारी दुर्घटना २ को मृत्यु, ३ जना गम्भीर घाइते

प्रकाशित मिती : २०७७ चैत्र ८ गते , आइतबार

सरकारी चेकको भुक्तानी समय मात्र १५ दिन सम्म रहने ब्यबस्था

प्रकाशित मिती : २०७७ माघ २५ गते , आइतबार

भोजपुर जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना हुने भएको छ

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

नेपालमा लगानिको राम्रो अवसर रहेको ओलिको भनाइ

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: