. जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरीमा राकेश कुमार यादव घोषित::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरीमा राकेश कुमार यादव घोषित


नगर प्रहरी कार्यालय विराटनगर, मोरङ दरवन्दीका प्रहरी जवान राजेश कुमार यादव जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराधिक कार्यमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याई अबैध भन्सार छली चोरी निकासी तथा पैठारीको सामानहरु पक्राउ गरी सम्बन्धित निकायमा बुझाउने लगायत विभिन्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले नगर प्रहरी कार्यालय विराटनगर, मोरङ दरवन्दीका प्रहरी जवान राजेश कुमार यादवलाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल जेष्ठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: