. भोजपुरका कवि तिलक थापाको उत्कृष्ट कबिता::Online News
श्रावण १०, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

भोजपुरका कवि तिलक थापाको उत्कृष्ट कबिता


भोजपुर जिल्लाको अरुण गाउँपालिकामा रहेर साहित्य क्षेत्रमा एक उदाउदा कवि हुन । थापा विशेष गरि साहित्य लेखानका साथ साथै कलाकारिता क्षेत्रमा सकृय छन ।

थापाले मादलको खरी टेलि शृङ्खला साथै विभिन्न म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन ,भने एक दशक भन्दा बढी सडक नाटक मंचन गरिसकेका छन । उनले पछिल्लो समय कविता संग्रह प्रकाशनको तयारी गरिरहेका छन ।

समसामयिक बिषयबस्तुलाइ साहित्य लेखनमा प्रस्तुत गर्ने थापाका २ कबिता प्रस्तुत छ ।

खै कहाँ छ न्याय

उता न्यायका चालकहरू
कुनै मन्दिरको पुजारी झै शिर झुक्याएर
गरिरहेका छन शक्तिको पुजा ।
यता अपराधले नाघिसकेको छ सिमा
कतै हत्या त कतै बलात्कार
कतै हिंसा त कतै एसिड प्रहार
र त न्याय सुतिरहेको छ लम्पसार
चुपचाप …… चुपचाप ……
खै कहाँ छ न्याय ?
न्यायका लागि मच्चाइछन बन्द,हडताल र कोलाहल
लगाइन्छ नारा न्यायका लागि
निकालिन्छ जुलुस न्यायका लागि
तर,न्याय सुतिरहेको छ लम्पसार
चुपचाप ……..चुपचाप …….
तर मेरो सरकार
दरबारको आखिझ्याल बाट
अर्ध निन्द्रामा चियाउछ बाहिरको सन्सार
र भन्छ -हामी न्याय र समृदिको यात्रामा छौ
खै कहाँ छ अन्याय ?
मत सबै हासेकोनै देख्छु
मत सबै नाचेकोनै देख्छु
खै काहा छ अन्याय

अधिकारकर्मीहरु सडकमा उत्रीएर
न्यायकै खोजिमा बाल्दै हुन्छन राँके जुलुस
तर जति बाले पनि राँको
कहिले भेटिएन न्यायको उज्यालो
सत्ताको कुर्सिमा
सहमतिमै आउछन सासकहरु आलो पालो
तर कहिले कसैले छर्न सकेनन्
पीडितका अँखाको न्यायको उज्यालो
र त भन्न मन लाग्छ
खै कहाँ छ न्याय ?

उत्तर सहज छ ,
न्याय यसरी सुतिरहेको छ -चुपचाप अनि लम्पसार
जसरी सुतिरहेको छ- यो देशको सरकार पनि।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरका २५ बर्षिय युवक करिब चार महिना देखि बेपत्ता

प्रकाशित मिती : २०७७ फागुण १६ गते , आइतबार

बिश्वकै पहिलो १८ जिबि र्‍याम भएको स्मार्ट फोन सार्बजनिक

प्रकाशित मिती : २०७७ फागुण २३ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: