. भोजपुरमा खेतबारीमा काम गर्ने बेलामा महामारीले थलिए किसान::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

भोजपुरमा खेतबारीमा काम गर्ने बेलामा महामारीले थलिए किसान


असार ३ भोजपुर । भोजपुर जिल्लामा पनि केही दिन यता देखि निरन्तर वर्षा भैरहेको छ । बिगतका बर्षहरुमा यतिबेला ब्यस्त देखिने भोजपुरका किसान हरु यस बर्ष केही अस्पतालको शय्यामा त केही घरको ओछ्यानमा छन । खेती बालिको यो समयमा कामको ब्यस्तताले छ्टपटिमा देखिने यतिबेला ओछ्यानमा छटपटाउदै कोरोनाको महामारी सङ्ग लडिरहेका छन ।

मध्य जेठको सुरुवाती सङ्गै भोजपुरका उच्च लेकाली भेगमा खेतिपातिको कामले भ्याइनभ्याई हुन्छ । यस्तै असारको सुरुवाती संगै बेसिका बारिमा मल हाल्ने खेतमा चैते धान पसाउने ,कोदोको बीउ राख्ने उच्च लेकाली भेगमा रोपाइँ गर्नका लागि किसानहरु उज्यालो नहुदै किसानहरु साझ अबेरसम्म ब्यस्त हुने समय हो ।

यो बर्ष कोरोना संक्रमणले उनिहरुको यो ब्यस्त समय पनि खाइदिएको छ । त्यसैले अहिके कमैमात्रमा किसानहरु खेतमा देखिन्छन् । अस्पताल वा घरमै एकान्तबासमा छन ।कतिपय कोरोना सङ्ग लडिरहेका छन ।कोरोना संक्रमणका कारण ग्रामीण बस्ती बस्ती प्रभावित भएका छ्न ।

बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को नया भेरिएन्ट सहित दोश्रो लहरले भोजपुरबजारका ग्रामीण क्षेत्रमा संक्रमण तीब्र फैलिएको हुदा खेत बारिमा काम गर्नु पर्ने समयमा बिरामी भएर सुतेका छन । किसान नै बिरामी भएर सुते पछि ग्रामीण भेगको कृषि कर्म प्रभावित बनेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन।

“गाउँमा खेतीपातीको काम सुरु भएको छ । घरको मुलि कोरोनाको कारण ग्रामीण क्षेत्रमा कोरोना परिक्षणको काम तिब्र पारिएको छ । हाल सम्म २८२४ जनाको एन्टिजोन र पिसिआर बिधिबाट परिक्षण गर्दा ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ । “बजार क्षेत्रमा संक्रमण दर घटेपनि ग्रामीण क्षेत्रमा बढेको छ ,ग्रामीण क्षेत्रमा परिक्षणको दायरा बढाए संगै संक्रमितको पहिचान हुने थालेको हो ।”

पछिल्लो २४ घण्टामा जिल्लामा थप ४१ जना कोरोना संक्रमीत थपिए संगै जिल्ला भर ६७७ जना संक्रमीत पुगेका छन । संक्रमण हुनेमा पिसिआर बिधिबाट १०४ जना र एण्टिजोन बिधिबाट ५७६ जना रहेका छन ।

कोरोना निक्कै फैलन थालेको छ जिल्लामा निषेधाज्ञालो समय असार १० गते सम्म थपिएको छ । गाउँमा मानिसहरू बिरामी पर्न थालेको धेरै लामो समय भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

बिजुलिको पोल ढलेर लाग्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ९ गते , बिहिबार

आज नेपालमा थप १५ जनाको मृत्यु ८९९ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७७ मंसिर २७ गते , शनिबार

करेन्ट लागेर बालकको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

भोजपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

होलि खेल्ने क्रममा ग्याङ फाइट हुदा २ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: