. भोजपुरको गोगनेमा सामुदायिक स्तरमै फैलियो कोरोना::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरको गोगनेमा सामुदायिक स्तरमै फैलियो कोरोना


कोरोना भाइरसको दोस्रो लहरले शहर भन्दा गाउँलाई केन्द्र बनाए पछि सामुदायिक स्तरमै कोरोना भयावह बन्दै गएको छ । कोरोना संक्रमणलाई सामान्य रुपलिदा स्थिति भयावह हुन थालेको हो ।

भोजपुर जिल्लामा निषेधाज्ञा लगाएको महिनौं दिन बितिसक्दा पनि निषेधाज्ञा केबल सहरमा मात्र हो भन्दै गाउँमा विभिन्न बिबाह ,चौरासी, बर्तमन जस्ता धार्मिक सांस्कृतिक कार्यक्रम रोकिएको छैन । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांस्कृतिकमा सहभागी हुन प्रशासनले आग्रह गरेको भएता पनि सुरक्षा निकाय र प्रशासनको उपस्थित कम रहेको ठाउँमा कार्य यथापुर्बक रुपमा चलिरहेको छ ।

यस्तै भोजपुर जिल्लाको ट्यामकेमयुङ गाउँपालिकामा केहि दिन अघि चौरासी ,बिबाह भएको छ । तर पुरोहित हरुको लापरबाहीले गर्दा गाउँमा कोरोना संक्रमण बढिरहेको छ । एक बृद्वाको चौरासी गर्ने क्रममा पुरैतको परिवारमा कोभिड सरेको र पुरोहितको परिवार समेत अन्य विवाहमा समाबेश हुदा जिल्लाको ट्यामकेमयुङ गाउँपालिका -८ गोगनेमा सामुदायिक स्थरमा कोरोना फैलिएको हुन सक्ने गोगनेका वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले सिद्धकाली ड्टकमलाई जानकारी दिनु भयो ।

पछिल्लो समय वडा अध्यक्ष बानियाँका अनुसार सामान्य लक्ष्ाण भएका २५ जनाको एन्टिजोन बिधिबाट कोरोना परिक्षण गराउदा १५ जनामा कोरोनामा संक्रमण पोजेटिभ भएको र १ जनाको अवस्था गम्भीर भएको कारण भोजपुर जिल्ला अस्पताल लगिएको र जिल्ला अस्पतालले बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान पठाएको  जानकारी दिनु भयो ।

गाउँ भरिनै ज्वरो रुघा खोकी शरीर दुख्ने समस्या देखिएता पनि प्रायको रिपोर्टमा नेगेटिभ देखिएको स्थानीय बासीले बताएका छन । अधिकांशमा कोभिड १९ सङ्ग मिल्दोजुल्दो लक्ष्ाण देखिएको तर कोभिड १९ पुष्टि नभएको पाइएको छ । वडा अध्यक्ष बानियाँले भन्नू भयो ” बिबाहमा मानिसहरुको उपस्थित न्यून थियो , सबैले नेपाल सरकारले जारि गरेको मापदण्ड पालना गरेका थिए , बिबाह बाट कोरोना नफैलिएको र ट्यामकेमयुङ गाउँपालिका -७ भोर्नागीमा एक वृद्धको चौरासी भएको केहिदिनमा जिल्ला अस्पतालमा कोरोना पुष्टि भए पश्चात् बृद्धको मृत्यु भएकोले गाउँमा कोभिडले उग्ररुप लिएको हो , हामिले यस्को रोकथाम तथा नियन्त्रणका लागि बाहिर बाट आउनेहरूलाई कडाइ गरेको ,एक गाउँबाट अर्को गाउमा ओहोरदोहोर गर्न , र अन्य किराना पसलमा समेत समिती बनाएर कडाइ गरिएको बताउनुभयो । ”

पालिकाको भोर्नागी ,गोगने लगाएतका अन्य ठाउमा यस्तै धार्मिक कार्यमा धेरै जम्मा भएर भोजगरेको गुनासो छ, तर प्रशासनलाई पहिला खबर नगर्ने र पछि गुनासो गर्ने गरेको जिल्ला प्रशासन कार्यलय भोजपुरले जनाएको छ । ट्यामकेमयुङ गाउँपालिकामा यो समाचार तयार पार्दा समेत ६८ जनामा कोरोना संक्रमण देखिएको र २६जना संक्रमण मुक्त भएको जिल्ला स्वास्थ कार्यलय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताउनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

२० मन्त्री पदमुक्त हुनेमा कोको छ्न ? नामावली सहित

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

कोटा र कोठामा फरक छ ,दलितको योग्यता माथी प्रश्न गर्ने को हो?

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

पुलिक बेच्न हिडेका ३ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

सिफारिस

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

मध्य रातमा मनाङ केन्द्र बिन्दु भुकम्प गयो

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

भिर बाट अरुण नदिमा खस्यो टिपर धनकुटाका युवाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

खोटाङमा घाँस काट्ने क्रममा भिर बाट लाडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: