. रामप्रसादराई गाउँपालिकामा लिफ्टिङ खानेपानीको धारा परिक्षण सुरु::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २० गते , बिहिबार

रामप्रसादराई गाउँपालिकामा लिफ्टिङ खानेपानीको धारा परिक्षण सुरु


भोजपुरको रामप्रसाद राई गाउँपालिकामा खानेपानी संकट देखिए पछि पिखुवा खोला लिफ्टिङ आयोजनाको काम अन्तिम चरणमा पुगे संगै धारा परिक्षण कार्य शुरु गरिएको छ ।

लिफ्टिङको काम सकिए पछि गाउँपालिकाको वडा न -५ मानेभञ्ज्याङका बस्तिका घर घरमा पानी बितरणका लागि धारा परिक्षणको काम सुरु भएको हो । पिखुवा खोला बाट पम्पिङ ,ट्याङ्की निर्माण उपभोक्ताको घर घरमा धारा जडान र बितरण पाइपलाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । करिब १२ करोड ४० लाख निर्माणधिन आयोजनाको काम अन्तिम चरणमा पुगेको निर्माण समितीले जनाएको छ ।

खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउदै पिखुवा खोला मानेभञ्ज्याङ पम्पिङ खाने पानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दिपक तामाङले घेराबारा र एउटा ट्याङ्की निर्माणको काम बाकी रहेको बताउनु भयो । परिक्षण सप्पन्न भए संगै एक घर एक धारा सिस्टम बाट बितरण गर्ने तयारी भएको अध्यक्ष तामाङले जानकारी दिनु भयो ।

खानेपानीको संकट ब्यहोर्न बाध्य गाउँबासी गाउँमा लिफ्टिङ सिस्टम बाट तानेको पानी आउने भए पछि खुसी देखिएका छ्न । खानेपानीकै समस्याले बसाईसरि जान तयार भएको आफ्नु घरमा खानेपानी आए पछि बसाई नजाने निर्णयमा पुगेको स्थानिय कमला तामाङको भनाइ रहेको छ । एक गाग्री खाने पानीको लागि स्थानीयहरु दैनिक १ घण्टाको दुरिमा पानी लिन जानू पर्ने बाद्यता हट्ने भए पछि आफुहरु खुसी भएको तामाङको भनाइ छ ।

लिफ्टिङको काम सफल परिक्षण पश्चात् लामाआल बितरण केन्द्र बाट उपभोक्ताको घरमा दैनिक बिहान ४ घण्टा र बेलुका २ घण्टा पानी बितरण हुने उपभोक्ता समितिका सचिब जगत चौहानले बताउनु भयो । आयोजना बाट रामप्रसाद राई गाउँपालिका क्षेत्रका ४ सय २० घर धुरी लाभान्वित हुने छ ।

 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: