. वडा अध्यक्ष र प्रहरी द्वारा अन्तरजातीय प्रेम बिबाह छुटाउदा केटाले आत्महत्या गरेका छ्न::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

वडा अध्यक्ष र प्रहरी द्वारा अन्तरजातीय प्रेम बिबाह छुटाउदा केटाले आत्महत्या गरेका छ्न


पशुको भन्दा तल्लो स्तरको अमानवीय अपराध र नेपाली समाजकै कलंक सोति हत्याकाण्ड भएको ठिक एक बर्ष नपुगदै नेपालको पुर्बी भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा दर्दानक र कलङ्कित एक मानिसले सुन्दै लाजमर्दो बिबेदपुर्ण घटना घटेको छ ।

दलित युवाले गैरदलित युवतिसङ्ग अन्तरजातीय प्रेम बिबाह गरेकाछन । प्रेम सम्बन्ध झगिएपछी भागी बिबाह युवतिलाइ घर भित्राएकै भोलिपल्टनै मेलमिलाप गर्ने भनेर षडानन्द नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष झमक बहादुर रोक्का क्षेत्री र प्रहरी चौकी बैया बाट प्रहरी घरमै पुगेर केटा र केटिलाइ अपराधीझै गरि प्रहरी चौकी पुर्याएका थिए । प्रहरी चौकीमा केटाका परिवारलाइ बिबेदपुर्ण व्यबहार ,गालिगलोज ,अपमान र केटालाई कुटपिट समेत गरि केटा र केटि छुटाएका हुन ।

भोजपुर षडानन्द नगरपालिका १४ बस्ने १९ बर्षका संगम ठटाल (परिवार)को सोही नगरपालिका वडा नम्बर १३ कि एक श्रेष्ठ थरकि केटि सङ्ग अन्तरजातिय भागी बिबाह गरेकै कारण ठटालले झुन्डिए र आत्महत्या गरेको बुझिएको छ ।जेठ १० गते राती केटाले केटिलाई भित्राएका थिए । वडा अध्यक्ष र प्रहरीले भोलिपल्टनै अलग गरिदिए पछि जेठ १२ गते देखि संगम सम्पर्क बिहिन भएका थिए । बेपत्ता भएको केहि दिन पछि जंगलमा झुण्डिएको अबस्थामा लास भेटिएको थियो ।

बिबाहको भोलिपल्टनै मेलमिलाप बाट मिलाउने भनेर वडा अध्यक्ष रोक्का स्वयंमले प्रहरी चौकी बैया पुग्न साथ संगमलाइ गाली गलोज गर्दै केटिलाई छुटाएको मृतककी आमा सीता ठटालले बताइन । आफू दलित भएकै कारण छोराले ज्यान गुमाउनु परेको मृतकका परिवारको गुनासो छ । प्रहरी चौकिमा वडा अध्यक्षले नै `दमाई´भनेर बिबेदपुर्ण भेदभाव गरेको परिवारले बताएका छन । वडा अध्यक्ष रोक्कालाइ सम्पर्क गर्दा केटा र केटि छुटाएको स्विकार गरेका छन ।

          छोरा गुमाएका ती पीडित दलित गरिब परिवारले न्यायका लागि सबैमा सहयोगको अपिल गरेका छन । पुर्बका सशक्त दलका नेता त्रीलोचन लोहारले भोजपुर जिल्ला सदरमुकाममा न्यायका लागि पहल गर्न संघ सस्थाबिच छलफल भइरहेको बताएका छ्न प्रबोदन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरमा सञ्चालन भएको भलिबल खेलमा दाँवाली टिम प्रथम

प्रकाशित मिती : २०७८ बैसाख २ गते , बिहिबार

नेशनल इन्स्योरेन्समा विभिन्न जिल्लामा कर्मचारीको माग

प्रकाशित मिती : २०७७ चैत्र १८ गते , बुधबार

वामदेव ओलि,प्रचण्ड र नेपाल लाइ मिलाउन धमाधम गोप्य बार्तामा

प्रकाशित मिती : २०७७ चैत्र २ गते , सोमबार

बन्चरोले हानेर आफ्नै श्रीमतीको हत्या

प्रकाशित मिती : २०७७ माघ २५ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: